माओवादी केन्द्र निकट विधार्थी संगठन (अखिल क्रान्तिकारी) को लुम्बिनी प्रदेश सम्मेलन घोराहीमा सुरु

माओवादी केन्द्र निकट विधार्थी संगठन (अखिल क्रान्तिकारी) को लुम्बिनी प्रदेश सम्मेलन घोराहीमा सुरु

दाङ,२७ भदौ
नेकपा माओवादी केन्द्र निकट  विधार्थी संगठन अखिल नेपाल रास्ट्रीय स्वतन्त्र विधार्थी युनियन (अखिल क्रान्तिकारी) को दोस्रो लुम्बिनी प्रदेश सम्मेलन घोराहीमा सुरु भएको छ ।

संगठनका प्रदेश उपाध्यक्ष भिमराज खरेलको अध्यक्षता तथा नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराको प्रमुख आतिथ्यमा सम्मेलन शुरु भएको हो ।

भदौ २७ र २८ गते हुने सम्मेलनले नयाँ नेतृत्व चयन गर्नेछ।लुम्बिनी प्रदेशका १२ जिल्लाका विद्यार्थी दाङको घोराहीमा भेला भएका छ्न । सम्मेलनमा १२ जिल्लाका ३ सय ९१ जना प्रतिनिधि सहभागी भएको बताएको छ। उपस्थित प्रतिनिधिहरूले नयाँ नेतृत्व चयन संगै शैक्षिक आन्दोलनका विषयमा पनि छलफल गर्ने समेत बताइएको छ।

 

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज