विप्लव नेकपा दाङको धानरोपाइँ सुरु,उत्पादन केन्द्रको अवलोकन गर्न प्रदेश सभामुख खेतमै पुगे 

विप्लव नेकपा दाङको धानरोपाइँ सुरु,उत्पादन केन्द्रको अवलोकन गर्न प्रदेश सभामुख खेतमै पुगे 

दाङ श्रावण १२।
बिप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी दाङले घोराहीमा धान रोपाइँ सुरु गरेको छ ।
पार्टीले शनिबार घोराही-१६ मा रहेको करौटी डाँडामा रहेको साढे तीन बिघा जमिनमा धान रोपाइँ सुरु गरेको हो ।

उक्त धान रोपाइ, तथा पार्टीको उत्पादन केन्द्रको अवलोकन गर्न लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती उपस्थित भएका थिए । त्यहाँ पुगेका प्रदेश सभामुख लाई पार्टीका नेताकार्यकर्ताले फूलको माला र गुच्छाले स्वागत गरेका थिए ।

नेपाल कम्युनिस्ट पार्टी दाङ जिल्लाका इञ्चार्ज सविन सीको अध्यक्षता एवं पार्टीका स्थायी समिति सदस्य तथा लुम्बिनी प्रदेश इञ्चार्ज सन्तोष सीको विशेष उपस्थितिमा धान रोपाइँ कार्यक्रमको उद्घाटन गरिएको थियो ।

सोही उद्धघाटन कार्यक्रमलाई सम्बोधन गर्दै पार्टीका स्थायी समिति सदस्य तथा लुम्बिनी प्रदेश इञ्चार्ज सन्तोष सीले पार्टीको उत्पादनसम्बन्धी नीति अन्तर्गत आत्मनिर्भर पार्टी र आत्मनिर्भर कार्यकर्ता बनाउने उद्देश्यले देशभर करिब दुई सय बिघा जमिनमा विभिन्न खालका उत्पादनका कार्यक्रमहरु गरेको बताएका थिए।
उनले पार्टीका नेताकार्यकर्ताहरुलाई उत्पादनमा जोडिनका लागि पार्टीले हरेक वर्षको असार १० गतेदेखि ३० गतेसम्म बिदा दिने गरेको भन्दै यो वर्ष कतै छिटो र कतै ढिलो वर्षा भएको हुँदा उत्पादनका कार्यक्रमहरु कतै अघि र पछि भएको बताइदै` यो उत्पादन केबल आफूलाई आत्मनिर्भर बनाउनु मात्र नभई ´ यसको दुर्गामी महत्त्व रहेको यसको दुर्गामी दृष्टिकोण रहेको हुदा हामीले पहिलो कुरा त आफूलाई र पार्टीलाई आत्मनिर्भर बनाउने हो र दोस्रो कुरा पार्टी र हामी आत्मनिर्भर भयौं भने हामीले कुनैपनि पूँजीपति वर्गकोअगाडि हात थाप्नु नपर्ने इञ्चार्ज सन्तोषको भनाइ थियो । यो उत्पादन नीतिलाई पार्टीले क्रान्तिको मूल नीतिमै राखेको र देशमा संसदीय दलाल व्यवस्थालाई फालेर देशलाई समाजवादी क्रान्ति रुपान्तरण गर्ने समेत उनले जिकिर गरेका थिए।

त्यस्तै पार्टीका दाङ जिल्ला इञ्चार्ज सविन सीले धान रोपाइँ कार्यक्रममा सहभागी भएका सम्पूर्ण नेताकार्यकर्ताहरुलाई धन्यवाद दिँदै पार्टीले घोराही, तुलसीपुर र देउखुरी गरि तीन क्षेत्रमा उत्पादनको कार्यलाई अगाडि बढाएको बताए । उनले आत्मनिर्भर पार्टी, आत्मनिर्भर नेताकार्यकर्ता, आत्मनिर्भर देश र आत्मनिर्भर अर्थतन्त्र बनाउने उद्देश्यसहित सिंगो पार्टी उत्पादन कार्यमा जोडिएको स्पष्ट पारे । पार्टीले लिएको उत्पादनको नीति अनुसार घोराहीमा तीन बिघा क्षेत्रफलमा धान रोपाइँ हुन लागेको र करिब तीन सय फलफूल जन्य बिरुवा रोपेको समेत इञ्चार्ज सविनले जानकारी दिएका थिए ।

पार्टीले घोराही-१६ गुरुवागाउँमा रहेको जयशेयर माविको ६ बिघा जमिन १० वर्षका लागि लिजमा लिएर गतवर्ष देखिनै निरन्तर रुपमा मौसमी तथा बेमौसमी खेती गर्दै आइरहेको छ ।
धान रोपाइँ कार्यक्रममा पार्टीका नेताकार्यकर्ता, जनवर्गीय संगठन र स्थानीय जनताको  सहभागिता रहेको थियो ।

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज