बङ्गलादेशमा आन्दोलन चर्किएपछि सर्वाेच्च अदालतद्वारा आरक्षण प्रणाली खारेज
काठमाडौं, ६ श्रावन ।
बङ्गलादेशमा जेठबाट जारी भएको आरक्षण (कोटा) विरोधी आन्दोलनमा एक सय ५० हाराहारीको मृत्यु भएसँगै बङ्गलादेशको सर्वोच्च अदालतले कोटा प्रणाली खारेज गरेको छ ।
अब सरकारी जागिरमा ९३ प्रतिशत भर्ना योग्यता र प्रतिस्पर्धाको आधारमा हुने आदेश भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । बङ्गलादेशमा यस अगाडि ५६ प्रतिशत कोटा प्रणालीबाट जागिरमा भर्ना हुने प्रचलन थियो । त्यसैको विरोधमा आन्दोलन सुरु भएको थियो ।
बंगलादेशको उच्च अदालतले जुन ५ मा सरकारले गरेको कोटा खारेजी गैरकानूनी भनेसँगै आन्दोलन चर्किएको थियो ।
सन् २०१८ मा कोटा विरोधी आन्दोलन भएसँगै बंगलादेश सरकारले कोटा खारेज गरेको थियो । सरकारले खारेज गरेको कोटा अदालतले ब्यूँताएपछि पुनः आन्दोलन भएको हो । आन्दोलनले बंगलादेशका सबै शैक्षिक संस्था बन्द छन् । कर्फ्यू लगाइएको छ । इन्टरनेट सेवा बन्द रहेको छ ।।
लेखकको सम्वन्धमा