अनेरास्ववियु सल्यानले नगर प्रमुखलाई बुझायो तीन बुदे ध्यानाकर्षण पत्र
जेठ ३० सल्यान ।
नेकपा एमाले निकट भादृ संगठन अनेरास्ववियु सल्यानले शिक्षा क्षेत्रमा देखिएका विभिन्न बेथिती र अनियमितालाई नियन्त्रण गर्न विभिन्न माग राख्दै शारदा नगरपालिकामा नगर प्रमुखलाई ध्यानाकर्षण पत्र बुझाएको छ ।
विद्यालयको सवारी साधनको सिट क्षमता भन्दा बढी विद्यार्थी बोकेको र सवारी साधनहरुमा विद्यालयको नाम सहितको गाडिमा कलर उपलब्ध नरहेकोले यसको तत्काल अनुगमन गरि नियन्त्रण गर्नु पर्ने ।
सम्पुर्ण संस्थागत विद्यालयले प्रदान गर्नुपर्ने १०% छात्रवृत्ति नदिएकोले तत्काल नगरपालिकाले माग गरि नगरपालिकाको वेबसाइटमा राख्नुपर्ने ।
संस्थागत तथा सामुदायिक विद्यालयहरुले कक्षाकोठाको क्षमता भन्दा अत्यधिक विद्यार्थीहरु राखी पढाईरहेकोले यसको अनुगमन गरि नियन्त्रण गर्नुपर्ने जस्ता तीन बुदे माग सहित ध्यानाकर्षण पत्र बुझाएको हो ।
यदि नगरपालिकाले यी माग सम्बोधन नगरि बेवास्ता गरेमा थप संघर्षका कार्यक्रम अगाडि बढाउने र यसबाट हुने क्षति स्वयंम नगरपालिकाले बेहोर्नुपर्ने ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ।
लेखकको सम्वन्धमा