अखिल क्रान्तिकारी दाङ द्वारा संगठनका केन्द्रिय संयोजक मिलन राईको रिहाइको माग गर्दै बिरोध प्रदर्शन

अखिल क्रान्तिकारी दाङ द्वारा संगठनका केन्द्रिय संयोजक मिलन राईको रिहाइको माग गर्दै बिरोध प्रदर्शन

जेठ २ दाङ।

मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल निकट अखिल (क्रान्तिकारी) दाङले संगठनका केन्द्रीय संयोजक मिलन राइको गैरन्यायिक गिरफ्तारीका विरुद्ध रिहाइको माग गर्दै बिरोध प्रदर्शन तथा कोण सभा सम्पन्न गरेको छ ।
संगठनको केन्द्रिय कार्यक्रम अन्तर्गत अखिल क्रान्तिकारी दाङले तुलसीपुर सेन्टर मा.बी बाट सयौं विद्यार्थीहरुको र्याली सुरु गरि मदन आश्रीत चोक हुँदै लोकसेवा आयोगको कार्यालय र उच्च अदालतको अगाडि कोणसभामा कार्यक्रममा गरेको थियो।
बिरोध प्रदर्शन तथा कोणसभा कार्यक्रममा सहभागी विद्यार्थीहरुले हाम्रो संगठनका केन्द्रीय संयोजक मिलन राई लाई रिहाई गर, निजि शिक्षण संस्थाहरुले उठाएको चर्को शुल्क खारेज गर,संविधानमा ब्यवस्था भए बमोजिम कक्षा १२ सम्मको शिक्षा निशुल्क लागु गर, बैज्ञानिक समाजवादी शिक्षा लागू गर , सहकारी पीडितहरु लाई न्याय दे, सहकारी ठक गृहमन्त्री लाई कारबाही गर र राष्ट्रघाती mcc खारेज गर जस्ता चर्को नारा लगाएका थिए।

उक्त बिरोध प्रदर्शन तथा कोणसभा लाई सम्बोधन गर्दै संगठनका लुम्बिनी प्रदेश इन्चार्ज क. दिपक बिष्टले विद्यार्थी संगठनले राणाशासन, पन्चायत र राजतन्त्रलाई परास्त गरेको इतिहास जगजाहेर रहेको हुदा अहिलेको दलाल पुजिवादी सत्ता फाल्न कुनै गारो नहुने बताउदै अमेरिकाको दलाल गृहमन्त्रीको निर्देशनमा हाम्रो संगठनका केन्द्रीय संयोजक मिलन राई लाई कुनै कसुरबिना गिरफ्तार गरेको भन्दै तत्काल बिनासर्त रिहाई नगरे संगठनले देशभर दलाल सत्ताका विरुद्ध आगो बाल्ने बताएका थिए ।
त्यस्तै सोही कोणसभा लाई सम्बोधन गर्दै संगठनका प्रदेश संयोजक नवीन खड्काले संगठनका संयोजक लाई तत्काल नछोडे यो सरकारले ठूलो मुल्य चुकाउने बताउदै अहिले संगठनले देशभर निजि शिक्षाको दादागिरीका विरुद्ध संर्घष गर्दै आएको हुँदा दाङ सहित प्रदेश भरी निजि स्कुलले चर्को शुल्क वृद्धि गरिरहेकोले तत्काल शुल्क फिर्ता नगरे कडा आन्दोलन गर्ने बताएका थिए।
उक्त कार्यक्रममा दाङ जिल्ला पार्टी जिल्ला संयोजक तिलक र जिल्ला नेताहरु तथा  संगठनका जिल्ला नेताहरूको उपस्थिति रहेको थियो।