अखिल क्रान्तिकारी विद्यार्थी संगठनले खुल्ला डिजिटल वक्तृत्वकला गर्दै प्रथम पुरस्कार ५९ हजार

अखिल क्रान्तिकारी विद्यार्थी संगठनले खुल्ला डिजिटल वक्तृत्वकला गर्दै प्रथम पुरस्कार ५९ हजार

बैशाख १७ काठमाडौ ।

आगामी जेठ १ गते अनेरास्ववीयू (क्रान्तिकारी) ले डिजिटल खुल्ला वक्तृत्वकला प्रतियोगिता गर्ने भएकाे छ।

५९ औँ विद्यार्थी दिवसको अवसरमा अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको आयोजनामा ‘समृद्ध नेपालको आधार शिक्षा र रोजगार’ विषयक डिजिटल खुल्ला वक्तृत्वकला प्रतियोगिता गरिने अखिल क्रान्तिकारीका सचिव उपदेश यादवले जानकारी दिएका छन।

प्रतियोगितामा नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य तथा अखिल (क्रान्तिकारी) का फ्याक्सन इन्चार्ज हिमाल शर्मा, त्रिभुवन विश्वविद्यालयका सहप्राध्यापक डा.केशव भुसाल, नेपाल प्रज्ञा परिषदका प्राज्ञ परिषद् सदस्य बाबा बस्नेत निर्णायक समितिमा रहने छन्।

प्रतियोगितामा प्रथम हुने लाई ५९ हजार, दाेस्राे हुनेलाई ३९ हजार र तृतीय हुनेलाई १९ पुरस्कार पाउने छन्। चाैथाे हुनेले सान्तवना पुरस्कार स्वरुप रु ९ हजार पाउनेछन्।

प्रतियोगितामा सहभागी हुनेले ‘समृद्ध नेपालको आधार शिक्षा र रोजगार’ शीर्षकमा अधिकतम ५ (पाँच) मिनेटको भिडियो बनाउनु पर्ने छ। प्रतियाेगीले उभिएर शरीरको पूर्ण भाग देखिनेगरी आफ्नो विषय प्रस्तुत गर्नु पर्नेछ।

प्रतियोगितामा निर्णायक समितिको निर्णय नै अन्तिम हुने यादवले जानकारी दिए। सहभागीले प्रतियोगिताको निम्ति तयार गरेका भिडियो अखिल (क्रान्तिकारी) को आधिकारिक इमेल akhilr2022@gmail.com मा यही वैशाख २५ गते बेलुका सात बजेसम्म पठाइ सक्नु पर्नेछ।

प्राप्त भिडियोहरु वैशाख २६ गतेदेखि संगठनको अफिसियल पेजबाट प्रशारित गरिने र प्रसारित भएका भिडियोमा वैशाख ३० गते बेलुका ११ बजेसम्म आएका लाईक, शेयर, भिउज र अनलाइन भोटिङको परिणामलाई आधार मानी निर्णय गरिने अखिन क्रान्तिकारीले जनाएकाे छ।
नेपाली विद्यार्थी आन्दोलनको गौरवपूर्ण दिन जेष्ठ १ गते विद्यार्थी दिवसको अवसरमा प्रतियाेगिताकाे नतिजा सार्वजनिक र पुरस्कार वितरण गरिने बताएको छ।

 

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज