एकीकृत समाजवादीका दिर्घ सोडारी द्वारा सुदुरपश्चिमको मुख्यमन्त्रीमा दाबी पेस
बैशाख ६ धनगढी ।
सुदूरपश्चिममा नेकपा (एकीकृत समाजवादी) संसदीय दलका नेता दीर्घ सोडारीले मुख्यमन्त्रीमा दाबी पेस गरेका छन् । यसअघि नेकपा एमालेले उनको नाममा समर्थन गर्न नसकिने अडान लिएको भए पनि अन्ततः एमालेले समर्थन गरेपछि सोडारीले दावी पेस गरेका हुन् ।
सोडारीलाई नेकपा एमाले, माओवादी केन्द्र, नागरिक उन्मुक्ति (रञ्जिता श्रेष्ठ समूहका सांसद) र स्वतन्त्र सांसदले समर्थन गरेका छन् । पहिलो पटकको आव्हानमा नागरिक उन्मुक्तिकै दुुई जना सांसदको दावी पेश भएपछि प्रदेश प्रमुखले लक्ष्मण किशोर चौधरी र कैलाश चौधरी दुुबै जनालाई अस्विकार गर्दै मंगलबार पुनः दावी पेश गर्न आव्ह्रान गरेका थिए ।
बिहीबार मुख्यमन्त्रीमा दावी पेश गर्न दिइएको अन्तिम दिन हो । एकीकृत समाजवादीलाई मुख्यमन्त्री दिन तयार भएपनि एमालेले सोडारीलाई मुख्यमन्त्रीमा समर्थन गर्न नसकिने अडान लिएपछि बुुधबारदेखि अन्योल भएको थियो । एमालेले आफ्नो अडान कायम राखेमा एकीकृत समाजवादीले कांग्रेसस“ग मिलेर भएपनि दावी पेश गर्ने तयारी पनि संगसंग थालेको थियो । त्यसका लागि कांग्रेस पनि एकीकृत समाजवादीलाई समर्थन गर्न तयार भएको थियो । यसअघि एकीकृत समाजवादीले सुदूरपश्चिममा केन्द्रिय सत्ता गठबन्धन विरुद्ध बिद्रोह गरेपछि हलचल पैदा भएको थियो।
एसले कांग्रेस, राप्रपासँग सहकार्य गरेर नागरिक उन्मुक्तिका रेशम पक्षधर सांसद लक्ष्मण किशोर चौधरीलाई मुख्यमन्त्रीमा समर्थन गरेपछि केन्द्रिय सत्ता गठबन्धनमै तरङ्ग पैदा भएको थियो । एसको कदमले केन्द्रिय सत्ता गठबन्धनमै असर पर्ने नेखिएपछि गठबन्धनका शीर्ष नेताहरु सुदूरपश्चिममा एकीकृत समाजवादीलाई मुख्यमन्त्रीमा समर्थन गर्न तयार भएका थिए ।
उक्त समझदारीपछि मंगलबार एसले समर्थन फिर्ता लिएपछि हलचल थामथुम भएको थियो । तर एकीकृत समाजवादीबाट मुख्यमन्त्रीमा दावी पेश गर्ने संसदीय दलका नेता दीर्घ सोडारीलाई समर्थन नगर्ने एमालेको अडानले अर्को बिहीबार दिउसोसम्म अनिश्चय थपेको थियो ।
लेखकको सम्वन्धमा