नेकपा एमाले सल्यानको दशौं अधिवेशन भोलि देखि सुरु तयारी अन्तिम चरणमा
चैत १७ सल्यान ।
नेकपा एमाले सल्यानको दशौं जिल्ला अधिवेशनको तयारी पूरा भएको बताइएको छ।
भोल चैत १८ गते देखि २० गते सम्म सल्यान खलंगा स्थित जिल्ला समन्वय समितिको हलमा हुने दशौं जिल्ला अधिवेशनको लागि सम्पुर्ण तयारी पूरा भएको नेकपा एमाले जिल्ला कमिटी अध्यक्ष गोबिन्द कुमार पुनले जानकारी दिनु भएको छ ।
अध्यक्ष पुनका अनुसार दशौं जिल्ला अधिवेशनलाई चैत १८ गते नेकपा एमालेका केन्द्रिय उपाध्यक्ष युवराज ज्ञवालीले समुदघाटन गर्ने छन।
उद्घघाट्न कार्यक्रममा नेकपा एमालेका पार्टी केन्द्रिय सचिव तथा कर्णाली प्रदेश इन्चार्ज लेखराज भट्ट, निर्वाचन आयोगका केन्द्रिय अध्यक्ष डा. विजय सुब्बा, पार्टीका केन्द्रिय सदस्य तथा सल्यान जिल्ला इन्चार्ज भैरब सुन्दर श्रेष्ठ, कर्णाली प्रदेश कमिटी अध्यक्ष गुलाब जङ्ग शाह लगायतका नेताहरुको उपस्थिती रहने पार्टी अध्यक्ष गोबिन्द पुनले बताएका छन ।
अधिवेशनबाट नयाँ नेतृत्व चयन हुने भन्दै उनले सकभर सर्वसम्मत नेतृत्व चयन हुने, नभए चुनावी प्रक्रियामार्फत नेतृत्व चयन हुने बताए ।
अधिवेशनमा भूगोलबाट २१०, सल्लाहकार परिषद बाट २५ जना, मुल आयोजक समितिबाट ८० जना, जनबर्गिय संगठनबाट १९ जना र मनोनीत बाट १७ जना गरि ३५१ जना प्रतिनिधि सहभागी हुन लागेको नेकपा एमाले सल्यान जिल्ला कमिटी उपाध्यक्ष तथा प्रतिनिधि व्यवस्थापन उपसमिति संयोजक भिम बहादुर सेनले जानकारी गराएका छन ।
पार्टीले सञ्चालन गरेको मिसन ग्रासरुटको निष्कर्ष र पार्टी केन्द्रको सर्कुलर अनुसार देशभरका जिल्ला कमिटीको अधिवेशन हुन थालेको बताइएको छ ।
लेखकको सम्वन्धमा