राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन सल्यानको तेस्रो अधिवेशन सम्पन्न अध्यक्ष वसन्त खड्का
चैत १६ सल्यान ।
राष्ट्रिय प्रजातन्त्र पार्टी निकट भातृ संगठन राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन सल्यानको तेस्रो जिल्ला अधिवेशन सम्पन्न भएको छ।
अधिवेशन बाट वसन्त खडकाको अध्यक्षतामा ११ सदस्यीय जिल्ला कमिटी गठन भएको छ। जसको अध्यक्षमा बसन्त खडका उपाध्यक्षमा खेमराज भण्डारी महेन्द्र गुरुङ शेर बहादुर डागी सचीवमा प्रमिला बुढा सहसचिवमा सन्जिब बोहरा कोषाध्यक्षमा शोबिका शाही र सह कोषाध्यक्षमा लिलामान परियार रहेका छन
सल्यान उद्योग वाणिज्य सघको सभा हलमा सम्पन भएको कार्यक्रम सहभागी प्रमुख अथिती राप्रपा केन्द्रिय उपाध्यक्ष तथा कर्णाली प्रदेश इन्चार्ज मुकुन्द श्याम गिरि नव निर्वाचित पदाधिकारीहरु बधाई मन्तव्य दिनु हुदै यो ब्यबस्थाले जनताको अबस्थामा परिवर्तन गर्न नसकेको बताउनु भएको छ।
अहिले देश दिन प्रतिदिन संकटको भुमरीमा परिरहेको र जनताको जीवन कष्टकर बन्दै गइरहेकोले अझै यहि ब्यबस्थामा अल्झिरहे राष्ट्र खतरामा रहने बताउदै सबै एकजुट भएर ब्यबस्था परिवर्तनको आन्दोलनमा जुटनु पर्ने बताउनु भएको थियो ।
त्यस्तै विशिष्ट अतिथि राप्रपा केन्द्रिय सदस्य जनक सिह ठकुरी, अतिथि पुर्व जिबिस उप सभापति एव राप्रपा केन्द्रीय सदस्य अनुवम सिह श्रेष्ठ र केन्द्रिय सदस्य अमर गिरि राप्रपा कर्णाली प्रदेश उपाध्यक्ष शिला बुढाथोकी राप्रपा जिल्ला कमिटी उपाध्यक्ष तथा जिल्ला कार्यवाहक अध्यक्ष प्रदीप थापा कर्णाली प्रदेश युवक संगठनका अध्यक्ष भरत पुरी लगाएतले बधाई तथा शुभकामना मन्तव्य राख्नु भएको थियोे ।
जिल्ला पार्टी सचीव नारायण कुमार शर्माको अध्यक्षतामा भएको कार्यक्रममा हरिकृष्ण चन्दको स्वागत मन्तव्य बाट सुरु भएको थियो कार्यक्रमको सहजीकरण इन्द्रा भण्डारी गर्नु भएको थियो।
लेखकको सम्वन्धमा