दाङ घोराहीको गुरुकुल एकेडेमीले गैरकानुनी कार्य गरेको भन्दै अखिल क्रान्तिकारी द्वारा आपत्ति

दाङ घोराहीको गुरुकुल एकेडेमीले गैरकानुनी कार्य गरेको भन्दै अखिल क्रान्तिकारी द्वारा आपत्ति

फागुन ६ दाङ

मोहन बैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले घोराही स्थित रतनपुरमा रहेको गुरुकुल एकेडेमीले गरेको बेथितिका विरुद्ध ध्यानाकर्षण भएको जनाएको छ।
अखिल क्रान्तिकारी दाङ जिल्ला संयोजक इन्दु ओलिले एक बिज्ञपति जारी गर्दै गुरुकुल एकेडेमीले गैरकानुनी रुपमा लमही र तुलसीपुरमा शाखा बिस्तारको नाममा प्याब्सन,एनप्याब्सन तथा वर्तमान शिक्षा ऎन बिपरित गतिविधिहरु गरेको नयाँ शैक्षिक सत्र भन्दा करिव ४महिना अघिदेखी गरिएको भर्ना अभियान थालेको सत्ताको दुरुपयोग गरिरहेका मान्छेहरुको सपोर्टमा सार्वजनिक सम्पत्ति समेतको दुरुपयोग गरि बजार क्षेत्रलाई कुरुप बनाई बिज्ञापन पर्चापम्पिलेट,होडिङ्बोर्ड,ब्यानर टासेको ,भर्नाको नाममा ४०हजार देखि एक लाख ३०हजार सम्म असुल गरिएको लुटखसोट बिषयहरुमा संगठनको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
बिज्ञप्तिमा भनिएको छ यस्ता गैरकानुनी कार्य यथाशीघ्र सच्याइ सार्वजनिक रुपमा माफी मागी अबैध धन्दा तत्काल बन्द नगरे  संगठन चरणबद्द संघर्षमा जाने र त्यसबाट उत्पन्न सबै जिम्मेवारी गुरुकुल एकेडेमी प्रशासनले बेहोर्नु पर्ने बिज्ञप्तिमा उल्लेख गरिएको छ।

बाकी पूरा पाठ यस्तो छ ।

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज