नेकपा उत्तर सल्यान द्वारा वर्तमान राष्ट्रिय संकट र आगामी निकास बारे अन्तरक्रिया कार्यक्रम सम्पन्न
फाल्गुन २५ सल्यान ।
नेपाल कम्युनिस्ट पार्टी सल्यान जिल्ला समिति उत्तर सल्यानले ‘वर्तमान राष्ट्रिय संकट र अबको निकास’ बिषयमा अन्तरक्रिया सम्पन्न गरेको छ। जिल्लाको कुमाख गाउँपालिको केन्द्र रागेचाैरमा सम्पन्न भएको अन्तरक्रिया कार्यक्रममा प्रमुख अतिथिका रूपमा रहनु भएका पार्टीका पाेलिटव्युराे सदस्य माेहलाल चन्द ‘आधार सी’ ले देश अब राष्ट्रघाति एम सी सी पक्षधर र त्यसका विरोधीहरुबिचमा ध्रुवीकरणमा जाने बताउनु भएको छ ।
अहिले इतिहासमै सबभन्दा धेरै नेपालकाे राष्ट्रियता खतरामा परेको हुदा अब नेपाली जनताले ध्यान नदिने हाे भने हो राष्ट्रियता थप खतरामा पर्ने हुदा नेपालका सबै पार्टीहरु भित्रका दलाल पुँजिवादीहरुले नेपालमा समाजवादकाे बाटो छेकेर बसेको हुदा तिनीहरुलाई जरैदेखि उखेलेर फाल्नु पर्ने उहाँले बताउनु हुदै समाजवादी क्रान्ति नै अहिलेकाे मुख्य निकास भएकोले ‘देशमा कम्युनिस्ट समाजवादी, लाेकतान्त्रिक गणतन्त्रवादी र देशभक्त मिलेर समाजवाद लागू गर्नु पर्ने बताउनु भएको छ।’
सोही अन्तरक्रिया कार्यक्रममा पार्टीका केन्द्रीय प्रतिनिधि समिति सदस्य तथा जिल्ला इन्चार्ज भीमसेन सीले ‘वर्तमान राष्ट्रिय संकट र अबको निकास’ बिषयमा प्रस्तुत गर्नु भएको कार्यपत्रमा कार्यक्रममा उपस्थित विभिन्न बक्ताहरुले टिप्पणी गरेका थिए।
कार्यपत्रमाथि टिप्पणी गर्दै नेकपा (माओवादी केन्द्र) कि केन्द्रीय सदस्य दिलमाया बुढामगर ‘सिर्जना’ ले समाजवादबारे चेतना अभिवृद्धि गर्नु अहिलेकाे आवश्यकता भएको बताउनु भएको थियो भने कुमाख गाउँपालिकाका अध्यक्ष मान बहादुर बुढाथोकीले देश जर्जर तथा साँच्चिकै संकटमा रहेको बताउनु भएको थियो।
त्यस्तै कार्यक्रममा कमाख गाउँपालिकाका उपाध्यक्ष तथा नेकपा(एमाले) कानेता तथा अधिवक्ता लालबहादुर रावतले देशमा अन्धभक्तवाद, द्रव्यवाद र गुटवाद हटाएपछि मात्रै समाजवाद सफल हुने बताउनु भएको थियो ।
प्रस्तुत कार्यपत्रका मुख्य टिप्पणीकारकाे रुपमा रहनु भएका पत्रकार, रेडियो तहल्काका स्टेसन म्यानेजर डिल्लीराज रावत, वामपन्थी बुद्धिजीवी टंकप्रसाद शर्मा, राष्ट्रिय जनमाेर्चाका सल्यान अध्यक्ष ढकन प्रसाद शर्मा,कुमाख गाउँपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत छविलाल खडका, नेकपा(माओवादी केन्द्र) कुमाख गाउँपालिकाका अध्यक्ष डिल्ली राना लगायतले कार्यपत्र माथी टिप्पणी गर्नु भएको थियो ।
कार्यक्रममा कुमाख गाउँपालिकाका वडा अध्यक्षहरु, समाजसेवी तथा जेष्ठ नागरिकहरु , प्रेम बहादुर भारती, काँशीराम कुमाइँ, अमृत बहादुर बुढाथोकी, दीप बहादुर चन्द, नारायण माविका प्रधान अध्यापक देबेन्द्र बहादुर रावत, सरस्वती माविका प्रधान अध्यापक सुकदेव थापा, अरनिको माविका प्रधान अध्यापक टेकबहादुर चन्द, बालविकाश आधारभूत विद्यालयका प्रधान अध्यापक प्रेम बहादुर रावत, बालकन्या आधारभूत विद्यालयका प्रधान अध्यापक वीर बहादुर बुढाथोकी लगायत बुद्धिजीवी, कर्मचारी, युवा तथा महिलाहरुकाे सहभागीता रहेको थियो ।
जिल्ला सचिव मदन चन्दकाे अध्यक्षता र एकेन्द्र सी को स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको सहजीकरण जिल्ला पार्टी सदस्य मेसि सीले गरेका थिए । कार्यक्रममा सामना साँस्कृतिक परिवारका कलाकारको प्रस्तुति समेत रहेको थियो ।
लेखकको सम्वन्धमा