सल्यानमा समाजवादी मोर्चा घोषणा मोर्चाको लक्ष्य पार्टी एकताको अवधारणा हो पुर्व मन्त्री बस्नेत
फाल्गुन १३ सल्यान ।
सल्यानमा समाजवादी माेर्चा घाेषणा भएको छ। जिल्लामा क्रियाशील समाजवादी माेर्चाका घटकहरु प्रचण्ड नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) माधव कुमार नेपाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी ( एकीकृत समाजवादी) र बिप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी बिच माेर्चा घाेषणा गरिएको छ।
आइतबार सल्यान खलंगामा रहेको जिबिस हलमा समाजवादी मोर्चा घोषणा भएको हो ।
नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य एवम् जिल्ला संयोजक कृति बहादुर पुनको अध्यक्षतामा भएको कार्यक्रममा समाजवादी मोर्चाको सिफारिसमा दुई दुई सदस्य गरि ६ सदस्यीय मोर्चा बनेको छ।
नेकपा माओवादी केन्द्र बाट कृति बहादुर पुन र मान बहादुर मल्ल रहेका छन भने नेकपा एकीकृत समाजवादी बाट हरि केसी र रमेश गौतम रहेका छन भने ।
नेपाल कम्युनिस्ट पार्टी बाट मदन सि र अनिल सि रहेका छन ।
कृति बहादुर पुनको संयोजकत्वमा भएको मोर्चाको सदस्य सचिव मदन सि रहेका छन । ४ र ४ महिनामा चक्रिय प्रणालीबाट मोर्चाको नेतृत्व गर्ने सहमती भएको बताइएको छ ।
कार्यक्रममा शुभकामना मन्तव्य राख्दै नेकपा माओवादी केन्द्रिय सदस्य तथा पुर्व मन्त्री टेक बहादुर बस्नेतले समाजवादी मोर्चा आफैमा पार्टी नभएको तर केही बिषयमा साझा दृष्टिकोणहरुको एउटा मोर्चा रहेको र यस मोर्चाका विषय भनेका राष्ट्रियता जनजिबिका जनतन्त्रका समन्धी सवालहरुलाइ हल गर्नु र यो नयाँ गणतन्त्र आएपनी संविधान सभाबाट संविधान बनेपनी ब्यबस्था आएको तर अबस्था उस्तै रहेको हुनाले अब अबस्था बदल्नु पर्ने भएको हुदा अबस्था र ब्यबस्था बिचको अन्तरबिरोधलाई हल गर्नु आजको आवश्यकता रहेकोले यस सङ्कटको हल समाजवादी मोर्चा र वामपन्थीहरूहरुले मात्र सक्ने भएकोले सबै जिम्मेवार भएर लागि पर्नुपर्ने आवश्यकता रहेको बताउदै समाजवादि मोर्चाको लक्ष्य भनेको पार्टी एकता तिर जान बनाउन खोजिएको अवधारणा रहेको बताउनु भएको छ।
त्यस्तै शुभकामना मन्तव्य राखदै नेकपा एकीकृत समाजवादीका केन्द्रिय सदस्य तथा राष्ट्रिय सभा सदस्य उदय बहादुर बोहराले दलाल पुजिवादले नै अर्थतन्त्रलाई जगडिरहेको हुनाले जबसम्म दलाल पुजीवादको अन्त्य र त्यो बाट मुक्ति पाउन सकिदैन राष्ट्रिय पुजिको बिकास गर्न र दलाल पुजिपती वर्गहरुको अन्त्य गरि राष्ट्रिय पुजिपती उत्थान गर्न सक्दैनौं तबसम्म समाजवाद भासण मात्र सिमित हुने र समाजवाद नआउने उहाँले बताउनु भएको छ।
सो कार्यक्रम नेपाल कम्युनिस्ट पाटीका मोहन चन्द आधार र नेकपा माओवादी केन्द्रका केन्द्रिय परिषद सल्लाहकार उमाकान्त शर्मा लगाएतकाले मोर्चा गठन बारे शुभकामना मन्तव्य राखेका थिए ।
फागुन २१ गतेबाट पालिका भर मोर्चा घोषणा गर्ने गरि कार्यक्रम तय भएको संयोजक कृति बहादुर पुनले जानकारी दिनु भएको छ ।
जस अन्तर्गत
कालिमाटीमा फाल्गुण २१ गते हुने कार्यक्रमको संयोजन एकीकृत समाजवादीले गर्ने
फागुण २२ गते त्रिवेणीमा हुने कार्यक्रमको संयोजकत्व नेकपाले गर्ने
फागुण २३ गते कपुरकोटमा हुने कार्यक्रमको संयोजकत्व माओवादी केन्द्रले गर्ने ।
त्यस्तै फाल्गुण २४ गते छत्रेश्वरीमा हुने कार्यक्रमको संयोजकत्व माओवादी केन्द्रले गर्ने
फागुण २५ गते शारदामा हुने कार्यक्रमको संयोजकत्व समाजवादीले गर्ने
फागुण २६ गते सिद्धकुमाखमा हुने कार्यक्रमको संयोजकत्व माओवादीले गर्ने
फागुण २७ गते बागचौरमा हुने कार्यक्रमको संयोजकत्व नेकपाले, गर्ने
फागुण २८ गते दार्मामा हुने कार्यक्रमको संयोजकत्व नेकपाले,गर्ने
फागुण २९ गते कुमाखमा हुने कार्यक्रमको संयोजकत्व माओवादी केन्द्र गर्ने
फागुण ३० गते वनगाड मा हुने कार्यक्रमको संयोजकत्व एकीकृत समाजवादीले गर्ने बताइएको छ।
समाजवादी मोर्चा नेपाल सल्यानको बैठक प्रत्येक महिनाको१३ गते बस्ने बताइएको छ।
लेखकको सम्वन्धमा