कांग्रेस महासमिति बैठमा होहल्ला र नारावाजी

कांग्रेस महासमिति बैठमा होहल्ला र नारावाजी

फाल्गुन १० काठमाडौ

कांग्रेसको महासमिति बैठकको बन्द सत्रमा प्रदेश सभापतिहरूको समूहगत छलफलको क्रममा बुँदा सुनाउँदै गर्दा होहल्ला भएको छ।

बिहीबार ललितपुरको गोदावरीमा जारी महासमिति बैठकमा प्रदेश सभापतिहरूले छलफलको बुँदाहरू सुनाउँदै गर्दा केही महासमिति सदस्यहरूले होहल्ला र नाराबाजी गरेका हुन्।

उनीहरू आफ्नो सुझाव नपरेको, गठबन्धनबारे अहिल्यै केही निर्णय गर्न नहुनेजस्ता कुरा राखेर केही महासमिति सदस्य मन्च छेउ पुगेपछि स्वयंसेवक र प्रहरी तैनाथ गरिएको थियो।

केही महासमिति सदस्यहरू मञ्च छेउमा नै पुगेका थिए। होहल्ला र नाराबाजी भएपछि महामन्त्री गगन थापाले महासमिति सदस्यहरूलाई आ-आफ्नो ठाउँमा बस्न आग्रह गरेका थिए।

बागमती प्रदेश सभापति इन्द्र बानियाँले बागमती र गण्डकीका महासमिति सदस्यको सुझाव पेश गरेपछि होहल्ला सुरू भएको थियो।

करिब १५ मिनेट होहल्लापछि बैठक फेरि सुरू भएको छ।

कतिपय महासमिति सदस्य उठेको ठाउँबाट उठेर मन्चतर्फ गएपछि मन्चबाट पटकपटक ‘साथीहरू आफ्नो ठाउँमा बस्नुस्, जय नेपाल’ भनेर नेताहरूले भन्नुपरेको थियो।

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज