सर्वदलीय अनुगमन समितिकाे संयाेजकमा नेकपाका जिल्ला सचिव मदन सी

सर्वदलीय अनुगमन समितिकाे संयाेजकमा नेकपाका जिल्ला सचिव मदन सी

माघ ३,सल्यान

जाजरकोटको रामिडाँडालाई केन्द्रबिन्दु बनाएर गत कात्तिक १५ गते गएको भूकम्पमा परेर दार्मा गाउँपालिकामा क्षति भए पश्चात् भएको उद्वार, राहत वितरण, भग्नाबशेष व्यवस्थापन, अस्थायी आवास निर्माण तथा पुनः निर्माण लगायतका कार्यहरुमा अनियमितता भएको हुन सक्ने भनेर व्यापक जनगुनासो आएको भन्दै उल्लेखित कार्यहरुकाे अनुगमन गर्न बनेको सर्वदलीय राजनैतिक पार्टीहरुकाे संयुक्त बैठकबाट नेकपाका  जिल्ला सचिव मदन सी सर्वदलीय अनुगमन समितिको संयाेजक भएका छ्न ।
फारुला बजारमा रहेको नेकपा(माओवादी केन्द्र) काे कार्यालयमा माओवादी केन्द्रका नेता दुर्गा मल्लकाे अध्यक्षतामा बसेकाे सर्वदलीय बैठकले चक्रिय रुपमा सबै पार्टीका प्रतिनिधिहरुले नेतृत्व गर्ने गरि बनेको साे अनुगमन समितिले मदन सीलाई संयाेजक छानेकाे हाे।
भूकम्पको नाममा दार्मा गाउँपालिकामा अहिलेसम्म प्राप्त जिन्सी र हालसम्मको खर्च भएको विवरण जनता सामु सार्वजनिक गर्न दबाब दिने र अनुगमन गर्ने काम साे समितिकाे हुने छ र यस्ता अनुगमन समितिका संरचनाहरुलाई वडा तहसम्म लैजाने समेत निर्णय गरिएको छ।
मदन सी संयाेजक रहेको समितिमा सदस्यहरु नेपाली काँग्रेसबाट जिल्ला सदस्य रामचन्द्र के. सी,नेकपा (एमाले) बाट जिल्ला सदस्य गणेशमान सिंह,
नेकपा (माओवादी केन्द्र) बाट जिल्ला सदस्य तथा दार्मा गाउँपालिका पार्टी कमिटी अध्यक्ष दुर्गा मल्ल,नेकपा (एकीकृत समाजवादी) बाट जिल्ला सदस्य दल बहादुर के.सी. र रा.प्र.पा. बाट साेबिका शाही रहेका छन् ।

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज