मृत्यु संस्कारमा सी संस्कृतीको बिकास गर्दै नेकपा
माघ २ सल्यान
नेपाल कम्युनिस्ट पार्टी जिल्ला समिति उत्तर सल्यानले पार्टीकाे केन्द्रीय कार्यालयमा कार्यरत, केन्द्रीय प्रतिनिधि समिति सदस्य कमरेड गणेश सी का बुवाकाे निधनको आज दसौं दिनमा शाेकसभा कार्यक्रम गरेको छ।
नेकपा ले सिर्जना गरेको सी सँस्कृतिको अवधारणा अनुसार मृत्यु सँस्कारकाे कार्यक्रमकाे रुपमा दिवंगत बुवा पुर्ण बहादुर ओलीकाे शाेकसभामा सम्पन्न गरेको हो ।
बागचाैर नगरपालिका वडा नम्बर ६ नाउली स्थित दिवंगत बुबा ओलीको घरमा नेकपा उत्तर सल्यानले शाेकसभा कार्यक्रम गरेर सी सस्कृतीको अवलम्बन गर्दै दिवंगत पुर्ण बहादुर ओलीको सम्मान तथा स्मृतिमा परिवार र जिल्ला पार्टीको संयुक्त रुपमा दिवंगत ओलीले समाजसेवा गरेको
बागचाैर नगरपालिका वडा नम्बर ६, मइढाेले स्थित श्री शिशु जागरण आधारभूत विद्यालयमा साे अक्षयकोष स्थापना गरिएको छ ।
नेकपा उत्तर सल्यानले गरेको शाेकसभालाई सम्बाेधन गर्दै पार्टीका जिल्ला इन्चार्ज कमरेड भीम सी ले नेपालमा सिर्जना भएको सी सँस्कृति अन्तरगतका विभिन्न सँस्कारहरु लागु तथा प्रयोग हुँदै गइरहेको र समाज विकासकाे नियम अनुसार पुराना सँस्कार र सँस्कृतिहरु हराउँदै जाने र नयाँ सँस्कार र सँस्कृतिहरु पलाउँदै जाने बताउदै ‘हिन्दु बर्णाश्रम सँस्कार र सँस्कृतिले मानिस मानिसबिचकाे विभेदलाई कायम राखेको हुनाले सबै मानिसहरुलाई बराबर लागु हुने सी सँस्कार र सँस्कृति सिर्जना गरेका छौ ।
उनले थपे पुराना साँस्कृतिक मुल्य, मान्यता तथा सँस्कारहरुले अहिलेकाे समाजकाे मानिसकाे चेतनालाई सम्बाेधन गर्न नसकेकोले आफुहरु र आफ्नो पार्टीले नयाँ सँस्कृति र सँस्कार स्वरुप ‘सी सँस्कृति’काे अवधारणा ल्याएर सी सस्कृती जग बसाल्न खोजेको र पार्टीका महासचिव कमरेड विप्लव सीकाे नेतृत्वमा निर्माण भएको ‘सी सँस्कृति’ युग सुहाउँदो, वैज्ञानिक, जनवादी, कम खर्चिलो र समाजवादी चेतनाको भएको र हिजो जनयुद्धले दिन नसकेको साँस्कृतिक विकल्प एकीकृत जनक्रान्तिले दिएको उनले धारणा व्यक्त गरेका थिए ।
त्यस्तै शाेकसभामा उपस्थित नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का जिल्ला सदस्य कमरेड खडक खड्काले हरेक सँस्कृति र सँस्कार समयानुकूल परिवर्तन हुनुपर्ने बताएका थिए। त्यसैगरी नेपाली काँग्रेसका वडा अध्यक्ष गंगाराम ओलीले पुरानाे परम्परामा रहेका राम्रा र सकारात्मक कुरालाई समेटेर नयाँ परम्परा सिर्जना हुनुपर्ने बताए ।
अक्षयकोष स्थापना गरिएको विद्यालयका शिक्षक टीकाराम ओलीले मान्छेका हरेक कृयाकलापहरुले अरु मान्छेलाई भलाे हुने काम गर्न सके समाज छिटो गतिमा विकास हुने धारणा व्यक्त गरेका थिए।
दिवंगत पुर्ण बहादुर ओलीप्रति १ मिनेट माैनधारण गरेर सुरु भएको शाेकसभा कार्यक्रमको अध्यक्षता उनका जेठा छाेरा गणेश सीले गरेका थिए भने कार्यक्रमकाे संचालन पार्टीका जिल्ला समिति सचिवालय सदस्य टाेप बहादुर सीले गरका थिए ।
प्रतिकृया दिनुहोस्