नेपाल कम्युनिस्ट पार्टी सल्यान जिल्ला समिति उत्तर  पार्टीको बिस्तारित बैठक सम्पन्न

नेपाल कम्युनिस्ट पार्टी सल्यान जिल्ला समिति उत्तर  पार्टीको बिस्तारित बैठक सम्पन्न

 

सल्यान पुष १५

नेपाल कम्युनिस्ट पार्टी सल्यान जिल्ला समिति उत्तर  पार्टीको बिस्तारित बैठक सम्पन्न भएको छ।
बैठकमा अतिथिकाे रुपमा उपस्थित रहनुभएका पार्टीका राजनैतिक समिति सदस्य तथा सल्यानका अगुवा कम्युनिस्ट नेता आधार सी ले देशले अहिले वैकल्पिक नेतृत्वको रुपमा महासचिव कमरेड विप्लवलाई स्वीकार गरिसकेको बताउदै । उहाँले भन्नु भयो, ‘नेपाली समाजमा नयाँ नेतृत्व र त्यसमा विप्लव भनेर तयार भइसकेको छ।’

त्यस्तै बैठकमा अतिथिकाे रुपमा उपस्थित रहनु भएकि अखिल नेपाल महिला संघ (क्रान्तिकारी) कि केन्द्रीय अध्यक्ष तथा पार्टीका राजनैतिक समिति सदस्य कमरेड बन्धु सी ले अहिले संसार बहुध्रुवमा बिभाजन भएको हुनाले अमेरिकाले जे भन्यो त्यो मात्रै लागू नहुने बताउदै। जुनसुकै हालतमा नेपालमा अमेरिकी परियोजना एम सी सी लागू हुन नदिने बताउनु भएको छ ।
नेता आधार सी तथा बन्धु सी काे गृहजिल्ला समेत रहेको जिल्ला समिति उत्तर सल्यानकाे बिस्तारित बैठक नेताद्वयकाे गृहगाउँ दार्मा गाउँपालिका र कुमाख गाउँपालिकाकाे सिमाना गाउँ तकमारामा बसेकाे थियो।
जिल्ला उत्तर पार्टीको बैठकमा पार्टीका केन्द्रीय सदस्य तथा दक्षिण जिल्ला इन्चार्ज कमरेड अनिल सी, पार्टीका केन्द्रीय प्रतिनिधि समिति सदस्य तथा जिल्ला इन्चार्ज कमरेड भीम सी र केन्द्रीय प्रतिनिधि समिति सदस्य कमरेड हेमन्ता सी लगायतका अतिथिहरु उपस्थित हुनु भएको बैठकमा जिल्ला सचिव कमरेड मदन सीकाे अध्यक्षतामा बसेकाे थियो ।
बिस्तारित बैठकमा सहभागी जिल्लाका सचिवालय सदस्य, सदस्य र विभिन्न जनबर्गिय संगठन तथा माेर्चाका जिल्ला अध्यक्ष तथा संयाेजकहरुले कार्यक्षेत्रका रिपोर्टिङ पेश गर्नुकाे साथै नेताहरु समक्ष आफ्ना जिज्ञासा प्रकट गरेका थिए ।
जिल्लाकाे बिस्तारित बैठकले समाजवादी माेर्चा, पार्टी संगठन, जनबर्गिय संगठन, राजनीति, संघर्ष, राजनैतिक अन्तरक्रिया, आर्थिक र उत्पादन लगायतका प्रस्तावहरुमाथि छलफल गरि महत्वपूर्ण निर्णय गर्दै बैठक समापन भएको छ ।

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज