नेकपा माओवादी केन्द्र कुमाख गाउँ समिति भेला सम्पन्न, अध्यक्षमा डिल्ली राना चयन
पौष १५, सल्यान ।
नेकपा माओवादी केन्द्र कुमाख गाउपालिकाको दोस्रो अधिवेशन पछिको प्रथम भेला सम्पन्न भएको छ। भेलाबाट कुमाख गाउँ समिति अध्यक्षमा डिल्ली बहादुर राना निर्वाचित भएका छन । भने भेलाले रानाको नेतृत्वमा ३५ सदस्यीय गाउँ कमिटी चयन गरेको छ ।
त्यस्तै समितिको उपाध्यक्षमा लालविर परियार, धनसरा मल्ल र लोकेन्द्र बुढाथोकी रहेका छन ।
भने सचिवमा अकविर बोहरा, सहसचिवमा मोहन हिमाशु राना,र कोषाध्यक्षमा रूद्रविर केसी रहेका छन ।
जनजनमा माओवादी घरघरमा माओवादी विशेष रूपान्तर अभियान अन्तर्गत साँगठनिक भेला गरिरहेको नेकपा माओवादी केन्द्रले जिल्लाभरी भेला गरिरहेको छ ।
पार्टीका केन्द्रीय सदस्य तथा सल्यान जिल्ला इन्चार्ज नरेश भण्डारीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा केन्द्रीय सदस्य दिलमाया बुढामगर, नेताहरू धर्मे बुढा, हरिप्रकाश बुढाथोकी, चन्द्र बहादुर राना, मोमत रोका ले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रममा बोल्दै जिल्ला ईन्चार्ज नरेश भण्डारीले देशमा अराजकता हावी भएको भन्दै त्यसलाई रोक्नु हरेकको दायित्व भएको बताउदै संगठनमा बैचारिक तथा साँस्कृतिक कुरा दिर्घकालिन रहेपनि अहिलेका भेलाहरू उपलब्धिमुलक रहेको बताउनु भएको थियो।
विरबर शर्माको स्वागत मन्तव्यबाट शुरू भएको कार्यक्रमको अध्यक्षता डिल्लीराज जैशीले गरेका थिए भने कार्यक्रमको संचालन यज्ञ गिरीले गरेका थिए ।
प्रतिकृया दिनुहोस्