सल्यानमा समाजवादीका वडा कमिटी अध्यक्ष, सचिव सहित २६ जना एमालेमा प्रवेश 

सल्यानमा समाजवादीका वडा कमिटी अध्यक्ष, सचिव सहित २६ जना एमालेमा प्रवेश 

सल्यान, १४ पुस शनिबार

सल्यानको छत्रेश्वरीमा एकिकृत समाजवादीका वडा कमिटी अध्यक्ष, सचिव सहित २६ जनाले एमालेमा प्रवेश  गरेका छन् । छत्रेश्वरी गाउँपालिका वडा नम्बर १ मा समाजवादीका वडा कमिटी अध्यक्ष लेख बहादुर चन्द, सचिव मिना मल्ल लगाएत २६ जना नेता कार्यकर्ताले एमालेमा प्रवेश गरेका हुन् । एमाले सल्यान जिल्ला कमिटी सचिव ओज बहादुर बुढाथोकी लगाएतका नेताहरुले शनिबार उनीहरुलाई पार्टीमा स्वागत गरेको एमाले छत्रेश्वरी गाउँपालिका कमिटीका अध्यक्ष ज्ञान बहादुर खड्काले जानकारी दिए ।

समाजवादी पार्टीको  कुनै औचित्य नभएको र देशको सच्चा पार्टी  एमाले नै भएको भन्दै एउटै वडाबाट समाजवादीका २६ जना नेता कार्यकर्ता पुरानै पार्टीमा फर्कीएको एमाले छत्रेश्वरीले जनाएको छ । सो अवसरमा बोल्दै एमालेमा प्रवेश भएका लेख बहादुर चन्द र मिना मल्लले आफुहरु पहिले देखि नै एमालेमा फर्कीन आतुर रहेको उल्लेख गर्दै अव एकजुट भएर पार्टीलाई बलियो  बनाउनुपर्नेमा जोड दिएका थिए ।

पार्टीमा स्वागत गर्दै एमाले सल्यानका सचिव ओज बहादुर बुढाथोकीले भरपर्दाे पार्टी एमाले मात्रै भएको जनाउदै एमालेको नेतृत्वमा मात्रै विकास। समृद्धि र सुशासन प्रापत गर्न सकिने धारणा राखेका थिए । उनले पार्टीका सबै नेता कार्यकर्ताले उचित जिम्मेवारी पाउने भन्दै एमालेलाई बलियो बनाएमा मात्रै विकास संगै नागरिकमा आशा, भरोसा, उत्साह र विश्वास जागृत हुने बताए ।

एमाले छत्रेश्वरी १ को वडा कमिटी बैठकमा पार्टीका गतिविधि समिक्षा संगै स्वागत कार्यक्रम र आगामी कार्यदिशाको बारेमा छलफल भएको वडा कमिटी अध्यक्ष कालि बहादुर चन्दले बताए । कार्यक्रममा जिल्ला कमिटी सदस्यहरु फौद बहादुर बस्नेत, खडग शाही, देव बहादुर घर्ती, अमृता चन्द, गाउँपालिका कमिटी अध्यक्ष ज्ञान बहादुर खड्का, सचिव एकराज थापा लगाएतले बोलेका थिए । बैठकको सञ्चालन वडा कमिटी सचिव रुद्र चन्दले गरेका थिए ।

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज