राजतन्त्र अन्त्य भएकोमा नेपाली जनताले गर्व गर्नुपर्छ नेता आधार सि 

राजतन्त्र अन्त्य भएकोमा नेपाली जनताले गर्व गर्नुपर्छ नेता आधार सि 

सल्यान पुस १० मंगलबार 


नेपाल कम्युनिस्ट पार्टीका पाेलिटव्युराे सदस्य कमरेड आधार सीले, राजतन्त्र अन्त्य गरेकोमा नेपाली जनताले गर्व गर्नुपर्ने बताउनु भएको छ। १३१औं माओ जन्म जयन्तीकाे अवसरमा सल्यानमा आयाेजित एक बिशेष कार्यक्रमलाई सम्बाेधन गर्दै नेकपाका नेता कमरेड आधार सीले यस्तो बताउनु भएको हाे।
नेपाल कम्युनिस्ट पार्टी जिल्ला समिति उत्तर सल्यानले माैलाेहाले बजारमा माओकाे जन्म जयन्तीकाे अवसरमा आयोजना गरेको बिशेष कार्यक्रम मार्फत जिल्लाकाे दुई महिने अभियान उदघाटन गर्दै नेता आधारले भन्नु भयो, ‘चीनकाे आजकाे सम्पन्नता तथा वैभवले कम्युनिस्ट व्यवस्था तथा समाजवादकाे श्रेष्ठता देखाएको छ।’ पार्टीको जिल्ला समिति उत्तर सल्यानले माओ दिवसको अवसर पारेर पार्टी संगठनलाई सुदृढ र विस्तार गराैं !
राज्य षडयन्त्रकाे भण्डाफाेर गराैं !!
भन्ने नारा सहित जिल्लामा दुई महिने अभियान आजबाट सुरु भएको बताएको छ।
माओ जन्म जयन्तीकाेकाे अवसरमा आयाेजित साे बिशेष कार्यक्रमलाई सम्बाेधन गर्दै अखिल नेपाल महिला संघ (क्रान्तिकारी) की केन्द्रीय अध्यक्ष तथा नेकपाकी पाेलिटव्युराे सदस्य कमरेड बन्धु सीले नेपाली क्रान्तिमा बलिदान गरेका जनताले गणतन्त्रमा अपनत्व नपाएको धारणा व्यक्त गर्नुभयो । उहाँले भन्नु भयो, ‘क्रान्तिमा पुरुष बराबर महिलाले भुमिका निभाएकाे हुनाले देशमा गणतन्त्र स्थापना हुन सफल भएको हाे।’ अब महिलाहरु पुँजिवादी उपभोक्ताहरुका साधन मात्रै नभएर समाजवाद स्थापनाकाे लागि लडनु पर्ने उहाँले बताउनु भयो ।
कार्यक्रममा पार्टीका केन्द्रीय प्रतिनिधि समिति सदस्य तथा उत्तर सल्यान जिल्ला समितिका कमरेड भीम सीले विश्व सर्वाहारा तथा श्रमजीवी वर्गका महाननेता माओकाे याेगदान बारे चर्चा गर्नु भएको थियो ।
माओ जन्म जयन्ती तथा दुई महिने अभियान उदघाटनकाे बिशेष कार्यक्रम पार्टीका जिल्ला सचिवालय सदस्य कमरेड मेस्सी सीकाे अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रमकाे संचालन पार्टी जिल्लाका अर्का सचिवालय सदस्य तथा कुमाख गाउँपालिका इन्चार्ज कमरेड माेहन सी ले गर्नु भएको थियो । कार्यक्रममा उपस्थितहरुलाई जिल्ला सदस्य कमरेड प्रेम सीले स्वागत मन्तव्य दिएर स्वाागत गर्नु भएको थियो ।
कार्यक्रममा स्थानीय सामना परिवारका कलाकारहरुको नृत्य प्रस्तुत समेत रहेको थियो ।

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज