राष्ट्रपति निर्वाचन : कांग्रेस बाट पौडेल र एमाले बाट नेम्वाङ उम्मेद्वार
फागुन १३, सल्यान । आसन्न राष्ट्रपति निर्वाचनको नेपाली कांग्रेस बाट रामचन्द्र पौडेल र नेकपा (एमाले) बाट सुवासचन्द्र नेम्वाङको उम्मेद्वारी दर्ता भएको छ ।
राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचन अधिकृतको कार्यालयका अनुसार राष्ट्रपति पदका लागि शनिबार उनिहरुले उम्मेदवारी दर्ता गराएका हुन् । यही फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनका लागि शनिबार बिहान १० देखि दिउँसो ३ बजेसम्म मनोनयन दर्ताको समय तोकिएको थियो ।
पौडेलको पक्षमा कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी, लोकतान्त्रिक समाजवादी, जनमत, नागरिक उन्मुक्ति, राष्ट्रिय जनमोर्चा छन् । नेम्वाङको समर्थक र प्रस्तावकमा भने एमालेका सांसदहरु छन् ।
प्रतिकृया दिनुहोस्