बनगाड क्षेत्रका सयौं रोपनि खेतियोग्य जमिन वगरमा परिणत

बनगाड क्षेत्रका सयौं रोपनि खेतियोग्य जमिन वगरमा परिणत

दुर्गा विसि  आषाढ,०५ सल्यान ।
  अविरल परेको वर्षाका कारण बनगाड जिउलाका सयौं रोपनि खेतीयोग्य जमिन कटान गरेको छ । बनगाड जिउलाका खेतीयोग्य जमिनमा तटबन्ध नहुदाँ वर्षेनि ठुलो क्षेती हुने गरेको छ ।गत वर्षको वाढिले जमिन कटान र पटान गरे पछि अनुगमनको ताँती लागेको थियोे । बनगाड खोलालाइ डिपियार गरि गुरुयोजना अनुरुप तटबन्ध गर्ने घोषणा समेत एका देशको कथा वनेको छ ।पिडित किसानलाई अनुगमन पुगेका तत्कालीन कर्णाली प्रदेशका आर्थिक मन्त्री प्रकाश ज्वाला, प्रदेश संसद गुलाफ जंग शाह,नगर प्रमुख गोविन्द कुमार पुन,वडा अध्यक्ष तथा अन्य जनप्रतिनिधिले समेत गर्चेवजार देखि भेरि नदि मसान घाटसम्म उक्त खोलाको तटबन्धको लागि पहल थाल्ने जनाएको थियोे ।
    गुरु योजना वनाइ काम अघि वढ्ने आश्वासन केवल आश्वासनमै सिमित रहेको गत वर्ष खोलाले घरवारविहीन भएका प्रसु वुढाको दुखेसो छ । गत वर्ष नै धेरै जग्गा कटान र पटान गरेको थियोे भने यसपालि धेरै किसानलाई पाखा लगायो ।बनगाड कुपिण्डे नगरपालिका वडा,१ निवासी निमवहादुर विकले केहि कर्जा कारि गत वर्ष मात्रै खेत किनेका थिए । पोहर साल किनको खेतीयोग्य जमिन यसपालि बनगाड खोलामा आएको वाढिले वगर वनायो।आँखाबाट पिलपिल आँसु झार्दै उनले दुखेसो पोखे अब के खाने होला,फेरि वाउरतिउर र वेसाहाको विकल्प नरहेको दुखोस पोखे ।तटबन्ध भए खेत वच्थ्यो तर प्रकृति पनि गरिवलाइ झन गरिव वनाउन आउदो रहिछ उनको भनाइ थियोे । क्षेतिको एकिन नभए पनि सयौं रोपनि जमिन कटान र पटान गरेको छ ।
    वेलखोला,राउँचे,वाग्चौर,खहरेखोला टोल र वडा,१,५, ६ को स्थानमा पर्ने खेतीयोग्य जमिनमा वढि क्षेति गरेको छ ।रोप्नको लागि रोखेको धानको व्याडसँगै खेत वगाएको छ ।दुर्भाग्य अहिलेसम्म बनगाड खोलामा तटबन्ध कार्य भन्ने शुन्य रहेको छ ।यसपालि बनगाड खोलामा तटबन्धको लागि आएको २५ लाख पहुँचका आधारमा सुख्खा खोला अम्रामा हालिएको स्थानीयको दुखेसो छ । बनगाड खोला तटबन्ध कार्य अहिलेसम्म नहुनुले किसानको खाने गाँसको जमिन वर्षेनि भेलले वगाउछ ।यसपालि भने ठुलो क्षेती गरेको छ ।भिरपाखा खन्न डोजर लगाउने स्थानीय सरकार भने किसानले पटान गरेको वगर खोला हटाउन स्काभेटर नपाए छट्पटीएका छन् ।
    यत्रतत्र भिरपाखा खन्नको परिणामस्वरूप अहिले बनगाड खोला आसपासका खेतीयोग्य जमिन वगरमा परिणत हुदैछन् ।यश तर्फ सम्बन्धि निकायको ध्यान जान नसकेको सर्वत्र आलोचना रहेको छ ।धेरै किसानका खेतहरु सेताम्मे वगर वनेका छन् ।स्थानीय सरकार,प्रदेश सरकार र संघीय सरकारहरुले तदारुकता नदेखाएको पिडित किसानहरुको दुखेसो रहेको छ ।वर्षेनि तटबन्धको लागि बनगाड क्षेत्रका किसानहरुले फाइल वोकि,स्थानीय सरकार प्रदेश सरकार धाकाधाइ हुन्छन् ।तर तटबन्ध कार्य भने न्यून रहेको देखिन्छ ।

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज