सल्यानको छत्रेश्वरी गाउँपालिकामा अक्सिजन सहितको आइसोलेसन केन्द्र संचालनमा
वैशाख १८, सल्यान । सल्यानको छत्रेश्वरी गाउँपालिकाले कोरोना सक्रमितको उपचारका लागि अक्सिजन सहितको आइसोलेसन केन्द्र संचालनमा ल्याएको छ।
भोटेचौरमा कोरोना भाइरस कोभिड- १९ का बिरामीहरुलाई मध्यनजर गर्दै अक्सिजन सहितको आइसोलेसन उपचार कक्ष संचालनमा ल्याएको हो।
उपचार कक्षमा बिरामिहरुलाई मेडिकल अधिकृत सहितको स्वास्थ्यकर्मीको टोलिले उपचार गर्ने निमित्त प्रमुख प्रशासकिय अधिकृत प्रेम प्रकाश दाहालले जानकारी दिए ।
“अहिले १० बेडको आइसोलेसन बनाएका छौं ” आबस्यकता अनुसार थप्छौ” उनले भने।
गाउँपालिका भित्रका अति जटिल कोभिड १९ का बिरामीहरुलाई उपचार कक्षमा राखेर उपचार गरिने गाउँपालिका अध्यक्ष सन्तोष केसीले जानकारी दिए।
सामान्य बिरामि भन्दापनी अक्सिजन दिनुपर्ने र जटिल कोभिडका बिरामीहरुको उपचार गरिने उनले बताए। कोभिडको संक्रमण र त्यसका बिरामिहरु दिनप्रतिदिन बढ्दै गएका कारण उपचार कक्ष संचालनमा ल्याएको अध्यक्ष केसीले बताए।
आइसोलेसन तथा कोभिड उपचार कक्षमा अक्सिजन सहित, बेड, स्वास्थ्य सामग्री लगाएतको ब्यबस्था मिलाइएको डाक्टर प्रोशेष सिंहले बताए।
कोरोना संक्रमण र बिरामिहरुलाई मध्यनजर गर्दै गाउँपालिकाले ३ वटा एम्बुलेन्स गाउँपालिका कार्यालयमा राखेको छ।
बिरामीकालागि जुनसुकै समयमा पनि सेवादिने गाउँपालिकाले जनाएको छ।
प्रतिकृया दिनुहोस्