सडक दुर्घटनामा परि सल्यानमा ८ महिनामा ११ जनाको मृत्यु, १ सय ३९ जना घाईते

सडक दुर्घटनामा परि सल्यानमा ८ महिनामा ११ जनाको मृत्यु, १ सय ३९ जना घाईते

चैत ०५, सल्यान । सल्यानमा सडक दुर्घटनामा परि गएको आठ महिनमा ११ जनाको मृत्यु भएको छ भने १३९ जना घाईते भएका छन । चालु आर्थिक बर्षको साउन देखि फागुनसम्म भएका विभिन्न सडक दुर्घटनामा परि ११ जनाको मृत्यु र १ सय ३९ जना घाईते भएको जिल्ला प्रहरी कार्यालय सल्यानले बताएको छ ।

विभिन्न सडक दुर्घटनामा परि कपुरकोट – रोल्पा सडक खण्डमा ३, राप्ती राजमार्गमा ३, लान्ती – लेखपोखरा सडक खण्डमा २, कालिमाटीमा १, सल्ली बामे सडकमा १ र दार्मामा गाउँपालिकामा १ जनाको मृत्यु भएको हो । जिल्लामा आठ महिनाको अवधिमा ८८ वटा सडक दुर्घटनाका घटना भएको जिल्ला प्रहरी कार्यालय सल्यानको पुष्टी गरेको छ ।

धेरै दुर्घटना हुने सवारी साधनमा अटो र मोटरसाईकल :

त्यसैगरी सल्यानमा दुर्घटना हुने सवारी साधनमा सवैभन्दा बढी अटो र मोटरसाईकल रहेका छन । आठ महिनाको अवधिमा जिल्लामा दुर्घटना हुने अटो र मोटरसाईकलको संख्या ३० वटा रहेको जिल्ला प्रहरी कार्यालय सल्यान सँग तथ्याङ्क छ । त्यस्तै सोही अवधिमा सल्यानमाा २० वटा जिप, १७ वटा ट्याक्टर, १४ वटा बस र ७ वटा ट्रक दुर्घटना भएका छन ।

आठ महिनाको अवधिमा ( फागुन मसान्तसम्म ) नियम उलंघन गरेर सवारी चलाउने बाट ३२ लाख, ७८ हजार रुपैयाँ राजश्व संकलन गरेको पनि जिल्ला प्रहरी कार्यालय सल्यानले बताएको छ ।

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज