आज असहमत भए पनि भोलीको लागि ठाउँ राखौं : मनोज प्रधान

आज असहमत भए पनि भोलीको लागि ठाउँ राखौं : मनोज प्रधान

पौष ०८, सल्यान । नेपाल कम्युनिस्ट पार्टी ( नेकपा ) को ओली समुहले बिस्तार गरेको केन्द्रिय महाधिवेशन आयोजक समिति सदस्य तथा सल्यानका पूर्व जिविस सभापति मनोज प्रधानले आज असहमत भए पनि भोलीको लागि ठाउँ राखेर व्यबहार गर्न सिक्नुपर्ने बताएका छन ।

यतिबेला नेकपाका प्रचण्ड – नेपाल र ओली समुहका नेता कार्यकर्ताहरूले एक अर्का प्रति व्यक्त गर्ने तिक्तता, गालिगलौज र आरोपप्रत्यारोपलाई लक्षित गर्दै उनले अहिले असहमत भएपनि भोलि सहमत हुन सकिने र त्यसको लागि ठाउँ राख्नुपर्ने बताएका हुन ।

बिगतले पनि यस्तो पाठ सिकाई सकेको बताउदै उनले पछि पश्चाताप हुने व्यबहार गर्न नहुने उल्लेख गरेका छन । “आज असहमत भय पनि भोलि सहमत हुन सकिन्छ है, त्यो ठाउ बाकि राखौं । उनले लेखेका छन – “इतिहासले सिकाइ सकेकोछ । ताकि पछि पश्चाताप नहोस।”

आज नेपाल कम्युनिस्ट पार्टी ( नेकपा ) को ओली समूहले बिस्तार गरेको केन्द्रिय समिति सदस्यमा सल्यानबाट प्रधान सहित कुल बहादुर गिरीलाई मनोनीत गरेको बताइएको छ । यस अघि हिजो नेकपा कर्णाली प्रदेश सदस्य लोकबहादुर डाँगी र जिल्ला अध्यक्ष गोबिन्द पुन सल्यान बाट केन्द्रिय समिति सदस्यमा मनोनीत भैसका थिए ।

ओली समुहको मंगलबार बसेको बैठकले ०७८ मंसिर २ गतेदेखि ७ गतेसम्म महाधिवेशन गर्ने निर्णय गरेको थियो। ७८ मंसिरमा महाधिवेशन गर्नकै लागि बैठकले केन्द्रीय कमिटी विस्तार गरेको थियो। समुहले केन्द्रीय कमिटीलाई १ हजार १ सय ९९ सय सदस्यीय बनाएको छ। ४ सय ४६ सदस्यीय केन्द्रीय कमिटीमा ५ सय ५६ सदस्य थपिएको हो। अब केन्द्रीय कमिटी १ हजार ३ सदस्यीय भएको छ। रिक्त १ सय ९६ सदस्य पछि थपिने छ ।