मुख्यमन्त्री शाहीलाई प्रधानमन्त्री ओलीको निर्देशन- ‘प्रमुख सचेतकमा शाहलाई नै पुनः स्थापित गर्नु’
कार्तिक ०७, काठ्मान्डौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का एक नंबर अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले कर्णाली प्रदेश सभा संसदिय दलको प्रमुख सचेतकको जिम्मेवारीमा पुर्व प्रमुख सचेतक गुलाबजंग शाहलाई नै पुनः स्थापित गर्न मुख्यमन्त्री शाहीलाई निर्देशन दिनुभएको छ ।
कार्तिक ०५ गते मुख्यमन्त्री शाहीलाई पत्र लेख्दै प्रधानमन्त्री ओलीले अनुशासित तवरले प्रमुख सचेतकको जिम्मेवारी सम्हालेका र अविस्वासको प्रस्तावमा हस्ताक्षर गर्न असहमत जनाएका शाहलाई गरिएको कारबाही फिर्ता लिन र सोही जिम्मेवारीमा पुन: स्थापित गर्न भनिएको छ ।
नेकपाका नेता यामलाल कडेलको नेतृत्वमा मुख्यमन्त्री शाही विरुद्ध अविस्वासको प्रस्ताव ल्याउन सकृय भएपछी मुख्य मन्त्री शाहिले पुर्व प्रमुख सचेतक शाहलाई असोज २५ गते पदच्युत गरेका थिए ।
तर प्रधानमन्त्रीको निर्देशनका बाबजुद पनि आज पुर्व प्रमुख सचेतक शाहको कारबाही पछि नियुक्त गरिएकी प्रमुख सचेतक सीता नेपालीको अग्रसरतामा बसेको संसदीय दलको बैठकले मुख्यमन्त्री शाह विरुद्धको अविस्वासको प्रस्ताव बहुमतले अस्वीकृत गरेको छ ।
प्रतिकृया दिनुहोस्