पूर्वमन्त्री बास्कोटालाई कोरोना संक्रमण
कार्तिक ०६, काठमाडौँ । पूर्वमन्त्री गोकुलप्रसाद बास्कोटालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । आफुलाई कोरोना संक्रमण पुष्टि भएको बास्कोटाले सामाजिक सञ्जालमार्फत जानकारी दिएका हुन् ।
उनले आफूलाई संक्रमणको कुनै लक्षण नरहेको तर श्रीमती तारा मानन्धरलाई लक्षण देखिएको बताएका छन । उनका दुवै छोराहरुको रिपोर्ट भने नेगेटिभ आएको छ ।
उनले सामाजिक संजालमा लेखेका छन – “मलाई पनि पाेजेटिभ देखियाे। तर राम्राे के भने बितेकाे दश दिन यता मैले कसैलाई भेटेकाे छैन। मलाई त लक्षण बिनै देखियाे तर श्रीमती तारा मानन्धरलाई लक्षण सहित। दुबै छाेरालाई नेगेटिभ देखिनु चै धेरै राम्राे। सुरक्षीत रहाै।”
प्रतिकृया दिनुहोस्