कक्षा १२ को पूरक (मौका) परीक्षाको नतिजा सार्वजनिक

कक्षा १२ को पूरक (मौका) परीक्षाको नतिजा सार्वजनिक

काठमाडौ/ श्रावण २१

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को पूरक (मौका) परीक्षाको नतिजा सार्वजनिक गरेको छ।
बोर्डले साउनमा २ र ३ गते सञ्चालन गरेको मौका परीक्षाको नतिजा बिहीबार राति सार्वजनिक गरेको हो ।

सार्वजनिक भएकाे परीक्षाको नतिजाअनुसार ८१.१९ प्रतिशत विद्यार्थीले ग्रेड प्राप्त गरेका छन।
बोर्डका अनुसार परीक्षामा कुल ७१ हजार ३१० जना विद्यार्थी सहभागी भएका थिए।
तीमध्ये ५८ हजार ८९७ जना विद्यार्थीले सबै विषयमा ग्रेड प्राप्त गरेका छन भने तीन जना परीक्षार्थीको परीक्षाफल रद्द गरिएको परिक्षा बोर्डले जानकारी गराएको छ ।

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज