सल्यानमा ठूलो सङ्ख्यामा एकैपटक ३३ थान भरुवा बन्दुक नियन्त्रण
पौष ३ सल्यान ।
सल्यान जिल्ला प्रहरीले एकैपटक ठूलो परिमाणमा अबैध हतियार नियन्त्रणमा लिएको छ ।
आगामी निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष वातावरण सम्पन्न गराउने उद्देश्यले जिल्लाका विभिन्न स्थानबाट एकैपटक ३३ थान अवैध भरुवा बन्दुक नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक देवराज भट्टराईले जानकारी दिनुभयो ।
उहाँका अनुसार बनगाड कुपिण्डे नगरपालिका वडा नम्बर १०, ११ र १२ का विभिन्न स्थानबाट १५ थान, त्रिवेणी गाउँपालिकाबाट १० थान तथा अन्य पालिकाबाट ८ थान गरी कुल ३३ थान अवैध भरुवा बन्दुक बरामद गरिएको हो ।
प्रहरीका अनुसार ती हतियारहरू स्थानीयले घरभित्र, गोठ, घाँसको थुप्रो, ओढार तथा विभिन्न गोप्य स्थानमा लुकाइछिपाइ राखेको अवस्थामा फेला परेका हुन् । गोप्य सूचनाका आधारमा प्रहरी टोली परिचालन गरी ती हतियारहरू नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।



लेखकको सम्वन्धमा