पुर्वराजा ज्ञानेन्द्र तुलसीपुरमा: समर्थकले लागाए राजा आउ देश बचाउको नारा
दाङ मङ्सिर २९
दाङको तुलसीपुरमा पूर्व राजा ज्ञानेन्द्र शाहका समर्थकले राजा आउ देश बचाउको नारा लगाएका छन्। दाङको पाण्डवेश्वर मन्दिर धारापानीमा दर्शनका लागि आउनु भएका पुर्व राजा शाह तुलसीपुर आउनु भएको हो।
उहाँलाई तुलसीपुरमा स्वागत गर्दै उनीहरूले देशमा राजाको विकल्प नभएको भन्दै यस्तो नारा लगाएका थिए।
पूर्व राजालाई हेर्नका लागि सयौँको सङ्ख्यामा नागरिकहरूको बाक्लो उपस्थिति रहेको थियो ।
राजा ज्ञानेन्द्रले तुलसीपुरमा रहेको पूर्व राजा वीरेन्द्रको अर्धकदको सालिकमा माल्यार्पण समेत गर्नु भएको छ ।
नागरिकको उल्लेख्य सहभागिता बढेपछि भिड थाप्न प्रहरीलाई हम्मेहम्मे भएको थियो ।
तुलसीपुर प्रहरीका अनुसार राजालाई हेर्न करिब ३ हजार बढी नागरिकको उपस्थिति रहेको बताएको छ ।
पूर्व राजा ज्ञानेन्द्र धारापानीको मन्दिर दर्शनपछि आजै नेपालगन्ज फर्किने कार्य तालिका रहेको दाङका प्रहरी प्रमुख एसपी अर्जुन प्रसाद तिमिल्सेनाले जानकारी दिनु भयो ।
लेखकको सम्वन्धमा