प्रधानन्यायाधीशमा प्रकाशमान सिंह राउतको नाम अनुमोदन

प्रधानन्यायाधीशमा प्रकाशमान सिंह राउतको नाम अनुमोदन

काठमाण्डौं, १६ असोज । 

प्रस्तावित प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतको नाम संसदीय सुनुवाइ समितिले सर्वसम्मत अनुमोदन गरेको छ । संवैधानिक परिषद्ले सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा सिफारिश गरेका राउतबारे संसदीय सुनुवाइ समितिले आज सुनुवाइ गरेको हो । सुनुवाइ सकिएसँगै संसदीय समितिले भावी प्रधानन्यायाधीशमा राउतको नाम अनुमोदन गरेको हो । राउतविरुद्ध समितिमा ६ वटा उजुरी परेका थिए ।

उहाँविरुद्ध श्रीमती ललितालाई झगडिया बनाएकोदेखि नेपाली कांग्रेसप्रति झुकाव राखेर हत्या अभियुक्तलाई साधारण तारेखमा छाडेकोसम्म उजुरी थिए । राउतले सुनुवाइका क्रममा सबै आरोपको खण्डन गर्नुभएको छ । उहाँले सुनुवाइ समितिसमक्ष न्यायालय सुधारका योजनासहित २४ वटा बुँदामा कार्ययोजना पेश गर्नुभएको छ । कार्ययोजनामा राउतले न्यायपरिषद्को विश्वसनीयता अभिवृद्धि गर्न आफूले विशेष जोड दिने बताउनुभएको छ ।।

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज