भोलिदेखी राप्ती लोकमार्ग राम्री कपुरकोट सडकखण्ड दैनिक ७ घण्टा बन्द हुने

भोलिदेखी राप्ती लोकमार्ग राम्री कपुरकोट सडकखण्ड दैनिक ७ घण्टा बन्द हुने

चैत २५ सल्यान ।

राप्ती लोकमार्ग अन्तर्गत राम्री कपुरकोट सडकखण्ड दैनिक सात घण्टा बन्द हुने भएको छ । राम्री देखि कपुरकाकेट सडकखण्डको सडक स्तरोन्नती कार्यका  लागि ब्याक कटिङ गर्न भन्दै दैनिक सात घण्टा बन्द हुने भएको हो ।


जिल्ला प्रशासन कार्यालय दाङका अनुसार चैत २६ गतेदेखि २०८० वैशाख १६ गतेसम्म दिउँसो १२ बजेदेखि बेलुका ४ बजेसम्म र राती ९ बजेदेखि राती १२ बजेसम्म सडक बन्द हुने भएको छ ।

साना सवारी साधनका लागि पैयाखोरिया, साताबास किमुचौर हुदै कपुरकोट सडकको व्यवस्था गरिएको सहायक प्रमुख जिल्ला अधिकारी सावित्रा पुनद्धारा जारी सूचनामा उल्लेख गरिएको छ ।