सल्यान कुमाख गाउँपालिकामा अध्यक्षकप खेलकुद प्रतियोगिता उदघाटन
फाल्गुन १९ सल्यान
सल्यान कुमाख गाउँपालिमा अध्यक्षकप खेलकुद प्रतियोगिता उदघाटन गरिएको छ ।
रास्ट्रका लागि खेलकुद स्वास्थ्यका लागि खेलकुद बन्ने मुल नाराका साथ आज गाउँपालिकाको खेलमैदान रागेचौरमा भव्य कार्यक्रमको आयोजना गरी अध्यक्षकप को उदघाटन गरिएको हो।
कार्यक्रममा प्रमुख अतिथिको रुपमा रहनु भएका कर्णाली प्रदेश सरकारका सामाजिक बिकास मन्त्रि माननीय खड्ग बहादुर पोख्रेलले कार्यक्रमको उदघाटन गर्नु हुदै उहाँले
खेलाडीहरु अनुसासनका पर्यायवाची एवं राष्ट्रका गहना भएकोले अनुसासित र मर्यादित भएर खेल खेल्नुपर्ने बताउनु भएको छ।
खेलकुदमा हारजित स्वाभाविक प्रक्रिया हुने भन्दै मन्त्री पोख्रेलले हारजित पछी खेलाडीहरुले एक अर्का प्रति रिस राग र झैझगडा गर्न नहुने भन्दै खेलकुद प्रशिक्षकहरु लाई खेल निष्पक्ष भएर खेलाउन आग्रह समेत गर्नु भएको थियो। खेलकुद क्षेत्रमा लगानी गर्नु भनेको शारीरिक र मानसिकरुपमा दक्ष जनशक्ति उत्पादनका लागि आधार निर्माण गर्नु भएको बताउदै मन्त्री पोख्रेलले कुमाख गाउँपालिकाले अध्यक्ष कपको आयोजना गरेर युवा जनशक्तिको मनोभावनालाई सम्बोधन गरेको बताउनु भएको छ ।
त्यस्तै कार्यक्रम विशिष्ट अतिथिको रूपमा रहनु भएका शिद्ध कुमाख गाउँपालिका अध्यक्ष भरत गिरिले अध्यक्षकप खेलकुद प्रतियोगिताको शुभकामना दिनुहुदै संघ र प्रदेश बाट पर्याप्त बजेट उपलब्ध नहुँदा नहुँदै पनि स्थानीय तहले खेलकुद क्षेत्रमा उल्लेखनीय योगदान गरिरहेको बताउनु भएको थियो।
गाउँपालिका अध्यक्ष मान बहादुर बुढाथोकीको अध्यक्षतामा संचालन भएको कार्यक्रममा कुमाख गाउँपालिका उपाध्यक्ष लालबहादुर रावत, निवर्तमान गाउँपालिका अध्यक्ष दिलमाया बुढामगर सिर्जना सातै वडाका वडा अध्यक्षहरु, गाउँपालिकास्थित राजनीतिक दल, पत्रकार, शिक्षक महासंघ गाउँपालिका अध्यक्ष , विभिन्न वडा बाट खेल खेल्न प्रतिनिधित्व जनाएका खेलाडीहरु लगायत विभिन्न विधाका खेल प्रशिक्षकहरुको उपस्थित रहेको थियो ।
वडा न. २ का वडा अध्यक्ष इश्वरी शाहीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन नि. प्रमुख प्रशासकीय अधिकृत छबिलाल खड्काले गर्नुभएको थियो।
लेखकको सम्वन्धमा