दाङ पढन आएकी सल्यानकि एक किशोरी पाँच दिन देखि बेपत्ता

दाङ पढन आएकी सल्यानकि एक किशोरी पाँच दिन देखि बेपत्ता

फाल्गुन १८ दाङ।

दाङको तुलसीपुरबाट एक किशोरी पाँच दिन देखि बेपत्ता भएकी छन।

सल्यानको बागचौर नगरपालिका वडा नम्बर  १२ बाफुखोला घर भइ दाङको तुलसीपुर उपमहानगरपालिका ९ दोघरेमा बस्दै आएकि १९ बर्षिय गिता खत्री पाँच दिन देखि सम्पर्क बिहिन भएकी हुन।
दोघरे स्थित फपाजु बिरेन्द्र कुमार डाँगीको घरमा बसेर गिता खत्रीले कोरियन भाषा अध्यन गर्दै आइरहेकी थिइन ।
गत सोमबार बिहान ११ बजेतिर घरबाट साथिकोमा जान्छु भनेर हिडेपछी सम्पर्क बिहिन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ ।
पाँच दिन देखि बेपत्ता भएकी गिता अहिलेसम्म कतै फेला नपरेको र कुनै सम्पर्कमा नआएको बुबा मोहविर खत्रीले बताउनु भएको छ।
उनलाई घर परिवारले खोजतलास गर्दा आजसम्म कतै नभेटिएको र केही खबर प्राप्त नभएकोले कहि कतै फेला पार्नु वा देख्नु हुने महानुभावहरुले प्रहरी वा परिवारका सदस्यलाई निम्न नम्बरमा सम्पर्क गर्न परिवारले आग्रह गरेका छन।
सम्पर्क नम्बर ९८०६२२०८०३५, ९७४२५९८३६०र ९८१०९३६०५१ ।

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज