घरमा आगलागी हुदा रोल्पामा एक जनाको मृत्यु

घरमा आगलागी हुदा रोल्पामा एक जनाको मृत्यु

 फागुन १६ रोल्पा ।

 

रोल्पामा घरमा आगलागी हुदाँ एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा माडी गाउँपालिका ५ चरीकोट निवासी ७५ वर्षीया हरिकला घर्ती रहेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जानकारी दिएको छ ।

मंगलबार दिउँसो घरमा आगलागी हुँदा सोही आगलागोमा जलेर घर्तीको मृत्यु भएको हो । आगलागी हुदाँ करिब ८ लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । आगोलाइ स्थानीय बासिन्दाको सहयोगमा नियन्त्रणमा लिएको र यस बारे आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज