चट्याङ लागेर सल्यानमा चार जना घाइते

चट्याङ लागेर सल्यानमा चार जना घाइते

फाल्गुन  ९ सल्यान ।

सल्यानमा चट्याङ लागेर चार जना घाइते भएका छन् । हावाहुरी असिना सगै चट्याङ पर्दा  आज करिब  आठ बजेतिर  शारदा नगरपालिका १३ स्यानीखाल तिर्थपोलेका देवीलाल बस्नते र टिकाराम बस्नेतको घर नजिकै चट्याङ पर्दा चार जना घाइते भएका छन ।

घाइते हुनेमा जानकी बस्नेत, सुशिला भारती, मनिषा बुढाथोकी र सुनिल बस्नेत रहेको शारदा नगरपालिका १३ का वडाध्यक्ष जंग बहादुर बुढाले जानकारी दिनु भएको छ ।

जानकी र सुनिल सख्त घाइते भएका छन् भने अन्य दुई जनाको अवस्था सामान्य रहेको छ । घाइतेहरुलाई उपचारका लागि सल्यान जिल्ला अस्पताल ल्याउने तयारी भइरहेको छ ।

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज