दाङको तुलसीपुर बजारबाट एक बालिका हराएको पारिवारिक स्रोतको दाबी
फाल्गुन ६ दाङ ।
दाङको तुलसीपुर बजारबाट एक बालिका हराएको पारिवारिक स्रोतले बताएको छ ।
तुलसीपुर बजार ‘ङ’ लाइन बस्ने १३ वर्षीया विपना वली बाहिनी चोकबाट आज बिहान ९ बजे तिर डान्सको कपडा छोडन गएको बेला बेपत्ता भएको बुवा पवन कुमार वलीले बताउनु भएको छ ।
‘सीसी क्यामरामा हेर्दा बिहान ९ बजेतिर बाहिनी चोकदेखि पश्चिमको भित्री गल्लीतर्फ एक्लै गएको देखिन्छ ।
त्यसपछि अहिलेसम्म घरमा पनि आएकी छैन । अन्य ठाउँमा सीसी क्यामरा नभएकाले कहाँ गइन देखिदैन् । उनको हातमा कुनै मोबाइल पनि छैन । आफन्तको घरमा पनि गएकी छैनन् । अहिले ’ वुवा पवन कुमारले भन्नुभयो । बालिका विपना तुलसी बोर्डिङमा कक्षा ६ अध्ययन गर्दै आएको पारिवारिक स्रोतले बताएको छ । बालिका कतै भेटिएमा ९८५७८३६६१२ सम्पर्क गरिदिन आफन्तले आग्रह गरेका छन् ।
लेखकको सम्वन्धमा