सल्यानमा ट्याक्टर दुर्घटना हुदा चालकको मृत्यु
सल्यान,४ फागुन ।
सल्यानमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रिबेणी गाउँपालिका १ निवासी २७ वर्षीय शसिराम घर्ती रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जानकारी दिएको छ ।
कालिमाटी गाउँपालिका ४ हुल्के खोलामा घोरचौरबाट कालिमाटीतर्फ जाँदै गरेको रा १ त ४४५८ नम्बरको ट्याक्टर अनियन्त्रित भई बिहीबार राति दुर्घटना हुँदा चालक घर्तीको घटनास्थलमै मृत्यु भएको हो । घटना बारे आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
लेखकको सम्वन्धमा