गजल

गजल

गजल

बेला अनि संजोगमा लाग्ने गाउघर को मेला हरायो !!बाहिर सस्कारले छोएर हो कि सार्वजनिक भेला हरायो !!

भ्रष्टाचार गर्दै गर्दिन भन्छ पारी बाहुन गाउका बाजेले
खै के मिलेन कुन्नि  लेखापरीक्षण गर्ने बेला हरायो !!

पावर र पहुँच उसैको छ राजनीति को गोलचक्कर मा
छानबिन गर्छु भनी हुकार लगाउने प्रहरी कै खेला हरायो !!

दिनभरी परिश्रम गरेर साझलाइ छाकको जोहो गर्छु भन्थ्यो बिचरा गरिबले कठै आज उसैको ठेला हरायो!!

एकादेशमा हुन्थे वन स्कुल र सार्वजनिक सम्पत्तिको सुनुवाइ कागजमै सिमित छ आजकाल भेला हरायो !!

कानुन त कृष्ण महरा र सन्दीप लाई एउटै हुनुपर्ने बिश्व खेलकुद इतिहासकै तारा नेपालबाट आज चेला हरायो!!

गजलकार \ उपन्यासकार
सुशील राज आचार्य ( आदर्श )
कुमाख ६ सल्यान हाल बेनी बजार

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज