भोलि देखि सरकारी कार्यलय एक घण्टा अगाडि नै बन्द हुने

भोलि देखि सरकारी कार्यलय एक घण्टा अगाडि नै बन्द हुने

भोलिदेखि सरकारी कार्यालयकाे समय हेरफेर हुने भएको छ । यसअघि बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म खुल्दै आएका सरकारी कार्यालय भोलि अर्थात कार्तिक १६ गतदेखि १० बजे खुलेर ४ बजे बन्द हुने छन् ।

कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म हुनेछ। त्यस्तै शुक्रबारको दिन कार्यालय समय बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म कार्यालय खुल्ने भएका छन् ।

जाडो यामको तीन महिना कार्यालय समय दैनिक ६ घण्टा हुने गरेको छ । जाडो माैसमभर कार्यालयमा काम गर्ने समय एक घण्टाले घटेको हो । बाँकी नौ महिना ७ घण्टा  सरकारी कार्यालयको समय निर्धारण गर्दै आएको छ ।

सरकारले राजपत्रमा सूचना प्रकाशित गरेर वर्षभरि हुने सार्वजनिक बिदा र सरकारी कार्यालय खुल्ने र बन्द हुने समय तय गर्ने गर्छ।

 

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज