सल्यानमा ट्याक्टर दुर्घटना : ८ जना घाइते
कार्तिक २४, सल्यान ।
सल्यानमा ट्याक्टर दुर्घटना हुदा ८ जना घाइते भएका छन ।
जिल्लाको बनगाड कुपिण्डे न.पा. १० रजेखोला स्थित भित्री कच्ची सडकखण्डमा बालुवा लोड गरी थापाचौर तर्फ जाँदै गरेको रा. १ त.१६९० नं.को ट्याक्टर बिहिवार करिब ११ बजे तिर सडकदेखी अ.५० मिटर तल खसि दुर्घटना भएको हो ।
दुर्घटनामा परि ८ जना घाइते भएका छ्न । ट्याक्टरमा जम्मा ९ जना सवार थिए ।
घाइतेहरुको उपचारको लागी प्रादेशिक अस्पताल कालागाउँ सुर्खेत तर्फ पठाएको जिल्ला प्रहरी कार्यालय सल्यानले बताएको छ ।
ट्याक्टर चालक सम्पर्कमा नआएको खोजि कार्य भईरहेको छ । उक्त स्थानमा अ.प्र.पो.बाबियाचौर सल्यानबाट प्र.स.नि.सनत कुमार शाहको कमाण्डमा ४ जनाको प्रहरी टोली र ई.प्र.का.देवस्थल सल्यानबाट प्र.नि.जगत नेपालीको कमाण्डमा ७ जनाको प्रहरी टोली खटेर अनुसन्धान अगाडि बढाएको छ ।
यस्तो छ घाइतेहरुको विवरण
१) बनगाड कुपिण्डे न.पा.१० का १६ बर्षीय तिलक बुढा ढाडमा चोट अवस्था सिरियस ।
२) ऐ.ऐ.बस्ने १८ बर्षका भुपाल बुढा शरीरको बिभिन्न भागमा चोट अवस्था सिरियस ।
३) ऐ.ऐ. बस्ने १४ बर्षिय गोपाल पुन टाउकोमा चोट अवस्था सिरियस ।
४) ऐ.ऐ.बस्ने १६ बर्षीय सुमन पुनको शरीमा भित्री चोट अवस्था सिरियस ।
५) सोहि ठाउका १७ बर्षीय जिम बहादुर बुढा ढाडमा चोट अवस्था मध्यम ।
६) ऐ.ऐ.बस्ने वर्ष १७ बर्षीय कुलबिर पुन बाँया हातमा चोट अवस्था सामान्य ।
७) ऐ.ऐ.बस्ने २१ बर्षिय झुपलाल घर्ती ढाडमा चोट अवस्था मध्यम ।
८) ऐ.ऐ.बस्ने २१ बर्षीय को नन्दलाल घर्ती शरीरको बिभिन्न भागमा चोट अवस्था मध्यम ।
९) ऐ.ऐ.बस्ने १८ बर्षीय भिम बहादुर बुढा भने सकुशल रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले बताएको छ ।
प्रतिकृया दिनुहोस्