कार्यसम्पादन मूल्यांकनमा कपुरकोट गाउँपालिका कर्णालीमा पहिलो र देशको दोस्रो

कार्यसम्पादन मूल्यांकनमा कपुरकोट गाउँपालिका कर्णालीमा पहिलो र देशको दोस्रो

माघ८ सल्यान

कार्यसम्पादन मूल्यांकनमा कपुरकोट गाउँपालिका कर्णालीकै उत्कृष्ट बनेको छ । आर्थिक वर्ष २०७९/०८० कार्य सम्पादन मूल्यांकनमा कपुरकोट गाउँपालिका कर्णाली प्रदेशमा प्रथम र देशभरिको दोश्रो भएको हो ।

१०० पुर्णांकको मूल्यांकनमा कपुरकोटले ९७ अंक पाएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भरतकुमार ओलीले जानकारी दिए ।

गाउँपालिकाले योजना, बजेट तथा कार्यक्रम व्यवस्थापनमा २१, कार्यान्वयन क्षमता तथा व्यवस्थापनमा २७.५, लेखांकन तथा प्रतिवेदनमा १७, अनुगमन, मुल्यांकन तथा लेखापरीक्षणमा १६ र राजस्व व्यवस्थापनमा १५.५ अंक ल्याएको प्रमुख प्रशासकीय अधिकृत ओलीले बताए ।

देशभरिको पहिलो बनेको मरिन गाउँपालिकाले ०.५ अंकले मात्रै उछिनेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले संस्थागत क्षमता कस्तो छ भनेर प्रत्येक बर्ष मूल्यांकन गर्दै आएको छ ।

सो मूल्यांकनमा कर्णालीमा भगवतीमाई गाउँपालिका ९५ र महाबु गाउँपालिकाले ९१.५ अंक ल्याएर उत्कृष्ट बनेका छन् ।

 

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज