रूकुम पूर्वका जङ्गलमा चार थान भरूवा बन्दुक फेला
फाल्गुन १० रुकुम पुर्व
रूकुम पूर्वमा भरूवा बन्दुक बरामद भएको छ । पुथाउत्तरगंगा गाउँपालिकाबाट ४ थान भरूवा बन्दुक बुधबार दिउँसो प्रहरीले बरामद गरेको हो।
ईलाका प्रहरी कार्यालय तक्सेराबाट खटिएको प्रहरीले सोही गाउँपालिका १३ ओख्मास्थित जंगलबाट भरूवा बन्दुक २ थान र सोही गाउँपालिका १२ स्थित सल्लेरी जंगलबाट भरूवा बन्दुक २ थान फेला पारी बरामद गरेको हो । यस बारे आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
लेखकको सम्वन्धमा