सल्यान अक्सिजन प्लान्ट घोटाला प्रक्रिया: तुल्सीपुर कारागारमा सरुवा भैसकेका अहेव पनि संलग्न
असार ०१, सल्यान । स्वास्थ्य सेवा कार्यालय सल्यानमा लाखौं घोटाला भएको आशंका गरिएको जिल्ला अस्पताल सल्यानको लागि खरिद गरेको अक्सिजन (प्लान्ट ) कन्सन्टेटर मेसिन खरिद प्रक्रियामा कार्यालय बाट अनेत्रै सरुवा भैसकेका कर्मचारी पनि संलग्न भएको पाईएको छ ।
ठेक्केदार कम्पनी, मन्त्रालयका अधिकारी, स्वास्थ्य सेवा निर्देशनालय सुर्खेत र स्वास्थ्य सेवा कार्यालय सल्यानका कर्मचारीहरुको मिलेमतोमा लाखौंको घोटाला (हुने तयारी भएको, विरोध पछि रोकीएको ) उक्त अक्सिजन प्लान्ट खरिद प्रक्रियामा स्वास्थ्य सेवा कार्यालय सल्यान बाट कारागार कार्यालय तल्सिपुरमा सरुवा भैसकेका सि. अहेव तारा रिजालको संलग्नता भएको हो ।
रिजाल अक्सिजन प्लान्ट खरिद प्रक्रियाको खरिद समिति संयोजक हुन । उनि २०७५ सालमा कर्मचारी समायोजन ऐन अनुसार २०७६ मा कारागार कार्यालय तुल्सीपुरमा समायोजन भैसकेका थिए तर समायोजन भइसक्दा पनि आफ्नो पदनाम नमिलेको भन्दै उनि कारागार कार्यालय तुल्सिपुरमा जान अस्वीकार गरेका हुन ।
रिजाल सि. अहेव छैंटौं हुन । तर समायोजनका क्रममा पदनाम नमिलेको भन्दै उनि लगाएत १० जना सि. अहेव छैंटौंले आफुहरुलाई हे.अ छैटौं बनाउनु पर्ने नत्र समायोजन स्वीकार नगर्ने माग गरेर अदालतमा मुद्धा दायर गरेका थिए । स्वास्थ्य सेवा कार्यालय सल्यानको प्रशासनले पनि उनि कार्यालय बाट सरुवा भएको तर पदनाम नमिलेको भन्दै मुद्धापरेपछि नगएको बताएको छ ।
सरुवा भएपछि कार्यालय बाट रमाना दिएर पठाउने तयारी भैरहेको वेला पदनाम नमिलेको मुद्धा परेपछि मन्त्रालयमा बुझ्दा रमना सम्बन्धी काम नगर्ने खालको कुरा आएपछि त्यो कुरा त्यतिकै रहेको र पछि आफु एमडि पढ्न गएको कार्यालयका तत्कालिन प्रमुख व्यवस्थापक डा. अर्जुन बुढाले बताए ।
तर रिजालले अहिले आफ्नो दरवन्दी पुन : स्वास्थ्य सेवा कार्यालय सल्यानमै ल्याएको बताएका छन । स्वास्थ्य मन्त्रालयको २०७७ चैत १८ गतेको निर्णय अनुसार आफ्नो कार्याक्षेत्र कर्णाली प्रदेश तोकिएको र त्यसपछि सामाजिक विकास मन्त्रालयको २०७७ चैत १८ गतेको पत्रअनुसार आफ्नो दरवन्दी स्वास्थ्य सेवा कार्यालय सल्यान तोकिएको उनले बताए ।
यद्यपि उनको पदनाम नमिलेको भन्ने बारेको मुद्धामा अदालतको कुनै फैसाला भएको छैन । सरुवा हुदा मुद्धामा कुनै फैसला नहुदा सम्म अर्काे कार्यालयमा सरुवा – रमाना सम्बन्धि काम नगर्ने भनिएपनि तुल्सिपुर कारागारमा सरुवा भएको १ बर्षपछि उक्त कार्यालयमा हाजिर नभएरै मुद्धा फैसला नहुदै उनि पुनः मन्त्रालय स्तरको निर्णय बाट स्वास्थ्य सेवा कार्यालय सल्यानमै आउनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
रिजाल स्वास्थ्य सेवा कार्यालय सल्यानले अक्सिजन प्लान्ट भनेर किनेको अक्सिजन कन्सन्ट्रेटर मेसिन खरिद समितिको संयोजक हुन । २०७७ पौष बाट प्लान्ट खरिद सम्बन्धी टेन्डर सुरु भएकोमा उनि चैतमा सरुवा मिलाएर आएको देखिन्छ । यसरी पदनाम नमिलेको बिषयमा असन्तुष्टि देखाएर अन्तमा कार्यालयलाई प्राथामिकता दिनुलाई स्वास्थ्य सेवा कार्यालय सल्यानमा चलखेल गर्न पाईने र फाईदा हुने भएकाले पहुचको आधारमा स्वास्थ्य सेवा कार्यालय सल्यानमै दरबन्दी मिलाएको स्रोतले बताएको छ ।
स्वास्थ्य सेवा कार्यालय सल्यानमा कर्णाली प्रदेश सरकारको सामाजिक बिकास मन्त्रालयबाट जिल्ला अस्पताल सल्यानमा अक्सिजन प्लान्ट जडानको लागि ४० लाख बजेट प्रदान गरेको थियो । उक्त बजेट कार्यन्वयन गर्न स्वास्थ्य सेवा कार्यालय सल्यानले गत पौष महिनामा क्याडलग सपिङ विधि बाट अक्सिजन प्लान्ट खरिद गर्न ४० लाखको टेन्डर गरेको थियो ।
अक्सिजन प्लान्ट खरिदको लागि टेन्डर गरेपनि कोभिडका बिरामीलाई अक्सिजनको चरम अभाव भैरहेको बेला कार्यालयले यहि जेठ १ गते अक्सिजन कन्सन्ट्रेटर मेसिन जडान गरेर अक्सिजन प्लान्ट भन्दै उद्घाटन गराएको थियो ।
सामान्यतया ४– ५ लाख देखि १२ लाखसम्म मुल्य पर्ने उक्त अक्सिजन कन्सन्ट्रेटर मेसिन स्वास्थ्य सेवा कार्यालय सल्यानले ४० लाखको टेन्डर गरेर ३८ लाख ९९ हजारमा खरिद गरेको थियो जडान सहित ५१ लाख लागत लागेको कार्यालयले बताएको थियो ।
अक्सिजन प्लान्ट घोटाला प्रकरणको उक्त मुद्धा अहिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पुगको छ भने प्रदेश संसदको सार्वजनिक लेखा समितिले पनि अुसन्धान गरिरहेको छ । कर्णालीका सुर्खेत र जुम्ला बाहेक सवै सोही जिल्लामा सल्यानकै जस्तो घोटाला भएको छ ।
यो पनि पढ्नुहोस :
स्वास्थ्य कार्यालय सल्यानले अक्सिजन कन्सिन्ट्रेटरलाई, प्लान्ट भनेर झुक्यायो, लाखौंको घोटाला
सल्यानमा अक्सिजन प्लान्टको नाममा अनियमितता : छानविन गर्न समिति गठन
प्रतिकृया दिनुहोस्