दाङमा पानीको नहरमा डुबेर एक बालकको मृत्यु

दाङमा पानीको नहरमा डुबेर एक बालकको मृत्यु

दाङ/श्रावण-२९

दाङको तुलसीपुरमा पानीको नहरमा डूबेर एक बालकको मृत्यु भएको छ।

जिल्लाको तुलसीपुर उपमहानगरपालिका–९ अटोभिलेज क्षेत्रमा बस्दै आएका देवराज नेपालीको छोरा ४ वर्षीय शुसिल विक रहेको इलाका प्रहरी कार्यालय दाङ तुलसीपुरले जानकारी दिएको छ।

खेल्ने क्रममा घरनजिकै रहेको नहरमा डुबेर हिजो साँझ बालकको मृत्यु भएको प्रहरीले जनाएको छ ।
पानीमा डूबेर अचेत अवस्थामा फेला परेका बालकको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारको क्रममा मृत्यु भएको थियो।

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज