सुर्खेतको-बराहताल जङ्गलबाट ४ थान भरुवा बन्दुक बरामद

सुर्खेतको-बराहताल जङ्गलबाट ४ थान भरुवा बन्दुक बरामद

सुर्खेत/श्रावण-२९

सुर्खेतको बराहताल गाउँपालिका–६ स्थित बिउरेनीको जंगलमा लुकाइ छिपाइ राखेको अबस्थामा प्रहरीले चार थान भरुवा बन्दुक बरामद गरेको छ।
जंगलमा अवैध हतियार लुकाइ छिपाइ राखिएको भन्ने गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय बाबियाचौर बाट खटिएको टोलीले बिहीबार बिहान ती बन्दुकहरू फेला पारेको हो।

गोप्य सुचनाका आधारमा प्रहरीले जंगलमा खोज तलास गर्ने क्रममा जम्मा गरिएको काठको थुप्रो भित्र लुकाएर राखिएको अवस्थामा बन्दुक भेट्टाएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार बरामद गरिएका चार थान भरुवा बन्दुकमध्ये तीन थान लोड गरिएको (गोली भरिएको जस्तो देखिने) र एक थान खाली अवस्थामा रहेका छन।

​हतियार कसले र कुन प्रयोजनका लागि लुकाएर राखेको हो भन्नेबारे खुल्न नसकेको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।