रोल्पामा चट्याङ लागेर एक जनाको मृत्यु
रोल्पा/श्रावण-२९
रोल्पामा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ।
जिल्लाको लुङ्ग्री गाउँपालिका–१ खदर बस्ने ५९ वर्षीय वीरबहादुर खत्री रहेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ।
आफ्नै घरमा बसिरहेको अवस्थामा हिजो राति एक्कासि चट्याङ लागेर गम्भीर घाइते भएका उनको स्थानीय स्वास्थ्य चौकी पावङमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले बताएको हो।
अहिलेसम्म रोल्पामा यी यस्ता थुप्रै दैविक प्रकृतिका घटनाहरूले ठूलो मानवीय क्षति तथा धनजनको क्षती बेहोरिहरेको छ।


लेखकको सम्वन्धमा