सल्यानको कपुरकोट-राप्ती राजमार्गमा स्काभेटर पुरिदा चालक घाइते

सल्यानको कपुरकोट-राप्ती राजमार्गमा स्काभेटर पुरिदा चालक घाइते

सल्यान/श्रावण-२

सल्यानको कपुरकोट गाउँपालिका-५ खारखोला-राप्ती राजमार्गमा सडक निर्माण क्रममा पहिरोले स्काभेटर पुरिँदा चालक घाइते भएका छन्।

शुक्रबार बिहान ८ः५० बजे तिर राप्ती राजमार्ग अन्तर्गत सडक स्तरोन्नतिको काम भइरहेको समयमा माथिबाट लेदो सहितको पहिरो खस्दा सडक विभाग दाङ अन्तर्गत काम गरिरहेको प्र.०१-००३ क ७३२१ नम्बरको स्काभेटर पुरिएको हो।

पहिरोले स्काभेटरको अगाडिको हाइड्रोलिक भाग पुरिनुका साथै सिसा फुटेको तथा ट्याङ्कीको भागमा क्षति पुगेको छ।
उक्त स्काभेटरका चालक जाजरकोटका २८ वर्षीय कर्णबहादुर कामीलाइ सामान्य चोटपटक लागेको बताएको छ।

उनको अवस्था सामान्य रहेको घटनास्थलमा प्रहरी चौकी कपुरकोटबाट ट्राफिक प्रहरी सहित ६ जनाको टोली खटिएको जिल्ला प्रहरी कार्यालय सल्यानले बताएको छ