रोल्पाको सुनछहरीमा पहिरो जाँदा १ जनाको मृत्यु तीन जना बेपत्ता
लुम्बिनी/श्रावण २९
रोल्पाको सुनछहरी गाउँपालिका-२ मा बर्षातका कारण पहिरो जाँदा एक जनाको मृत्यु भएको छ भने तीन जना बेपत्ता भएका छन।
जिल्लाको सुनछहरी गाँउपालिका-२ फलबाङ्गका वीरबहादुर घर्तीमगरको घर पहिरोले पुरिदा सोहि घरमा रहेकी ६५ वर्षीया लली घर्तीमगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी निरीक्षक कृष्ण श्रेष्ठले बताउनु भएको छ।
उक्त घरमा अन्दाजी ७० वर्षका वीरबहादुर घर्तीमगर, उनकी श्रीमती अन्दाजी ६५ वर्षीय शनी घर्तीमगर र लली घर्तीमगर बसेका थिए।
ललीको मृत्यु भएको छ भने अन्य २ जना बेपत्ता भएको प्रहरी निरीक्षक श्रेष्ठले बताए।
त्यस्तै सुनछहरी-२ कै गिट्ठेमा बस्ने अन्दाजी ६० वर्षीय लादे घर्तीमगरको घर पनि पहिरोले पुरेको छ भने पहिरोले पुरिएर उनी पनि बेपत्ता भएको वडाध्यक्ष कृष्णबहादुर बुढाले बताए।
बेपत्ता तीनै जनाको खोजी भइरहेको प्रहरीले जनाएको छ ।


लेखकको सम्वन्धमा