सल्यान-गाडी दुर्घटना अपडेट:बेपत्ता २ जनाकै पहिचान खुल्यो

सल्यान-गाडी दुर्घटना अपडेट:बेपत्ता २ जनाकै पहिचान खुल्यो

सल्यान/श्रावण २७

छिन्चु- सल्ली-जाजरकोट सडक खण्ड अन्तर्गत सल्यानको बन्गाड कुपिण्डे नगरपालिका-१ अम्राम गाडी दुर्घटना भइ भेरी नदीमा बेपत्ताका चालक र गाडी धनीको पहिचान खुलेको छ।
बेपत्ता भएका दाङ बस्दै आएका वर्ष २४ का हेमराज बीसी र सिद्ध कुमाख गाउँपालिका-४ का ४३ वर्षीय खलबहादुर राना रहेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख दीपक पातलीले बताउनु भएको छ ।

जिल्लाको बालुवासंग्रही बजार देखि सल्लीबजार जाँदै गरेको लु १ज ३०२२ नम्बरको बोलेरो गाडी बुधबार दिउँसो सडकबाट ५० मिटर तल भेरी नदीमा खसेर बेपत्ता भएको थियो।

उक्त बोलेरो गाडिमा ४ जना सवार रहेका थिए। प्रहरी प्रमुख पातलीका अनुसार नदीमा खसेको बोलेरो गाडी सँगै चालक र गडि धनी बेपत्ता भएका थिए भने बन्गाड कुपिण्डे नगरपालिका १ आपखोली बस्ने वर्ष २९ का प्रेम विक र २१ का खुमलाल बुढाथोकीलाइ घाइते अवस्थामा उद्धार गरिएको थियो ।

घटना बारे थप अनुसन्धान तथा बेपत्ता व्यक्ति गाडिको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज