सल्यानमा बोलेरो जिप भेरी नदिमा खस्दा २ जना बेपत्ता
सल्यान/ श्रावण २७
सल्यानको वनगाड कुपिण्डे नगरपालिका- अम्रा छिन्चु-जाजरकोट सडकखण्डमा बोलेरो गाडि दुर्घटना भइ नदीमा खस्दा २ जना बेपत्ता भएका छन।
बुधबार दिउँसो २ बजे बालुवा संग्रही देखि सल्लीबजार तर्फ जादैँ गरेको चार जना सवार लु १ ज ३०२२ नम्बरको बोलेरो जिप अनियन्त्रित भई नदीमा खसेको हो ।
जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक देवराज भट्टराईका अनुसार दुर्घटनामा दुई जना बोलेरो गाडी सहित भेरी नदीमा बेपत्ता भएका छन् भने अन्य दुई जना पौडीएर बाहिर निस्कन सफल सस्क्त घाइते भएको र उनीहरुलाई सल्ली सिटी अस्पतालमा भर्ना गरिएको छ।
बेपत्ता भएका व्यक्तिहरूको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।


लेखकको सम्वन्धमा